FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • खेतबारीमा रमाउँदै सर्वसाधारण

    • कृषि टि.भी.
    • २ साल अघि
    • १३ पटक पढिएको
    Post Thumbnail

    कोरोना भाइरसको संक्रमणबाट विश्वमै त्रास फैलिएको छ । विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेका कारण सबैजसो मुलुकले सतर्कता अपनाइरहेका छन् । एक महिनादेखि मुलुक लकडाउनमा रहेको छ । मानवीय गतिविधिहरू अत्यावश्यक काममा मात्रै सीमित भएका छन् ।

    शहरको जनजीवन पछिल्लो एक महिना घरमै सीमित भएपनि गाउँले जनजीवन खेतबारीमा रमाइरहेका छन । ५ नम्बर प्रदेशको अस्थायी राजधानी बुटवलमा लकडाउनका कारण मानिसहरुको दैनिकी घरभित्र सीमित छ । सडकमा दिउँसो छिटफुट सवारी सधान चलेपनि बजार सुनसान छ । बिहान–बेलुका अति आवश्यक सामान खरिद गर्न नागरिक घर बाहिर निस्कने गरेपनि शहर प्रायः ठप्पै छ । तर बुटवल ठप्प भएको बेला त्यसपूर्व करिव १० किलोमिटर दुरीमा रहेको देवदहको घोडाहामा स्थानीय कृषिमा रमाएका हुन् । उनीहरु कोरानाबाट जोगिन सतर्कता अपनाउँदै दैनिक नियमित गतिविधिलाई निरन्तरता दिएका छन् । मुख्यमन्त्री ग्रामिण कृषि कार्यक्रमसँग जोडिएको घोडाहाका किसान लकडाउनको बेलापनि खेतीमै रमाएका छन । सोही गाउँमा तरकारी खेतीलाई व्यवसायिक रुपमा अघि बढाएसँगै बजारको समेत समस्या नरहेको स्थानीयले बताएका छन् । अहिले झण्डै १ सयको हाराहारीमा स्थानीय तरकारी खेतीमै व्यस्त छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित