- Loading...
तरकारी विक्रि नहुँदा किसानलाई मर्का
- कृषि टि.भी.
- २ साल अघि
- १४ पटक पढिएको

लकडाउनका कारण तरकारीजन्य बस्तु विक्रि नभएपछि रुपन्देहीका किसान मर्कामा परेका छन् । शुद्धोधन गाउँपालिका १ बेलवाका सिंगो गाउँ नै कृषिमा होमीएपछि गाउँमा उत्पादित तरकारीले सहज रुपमा बजार पाउन नसकेको हो ।


बेलहवा गाउँका किसानले उत्पादन गरेको कृषिजन्य बस्तु बजारमा पठाउन सकेका छैनन । तर केही खुद्रा तथा होलसेल व्यापारीहरु भने गाउँमा नै पुगेका छन । उनीहरुले सस्तो मुल्यमा सामान खरिद गरी विक्रि गर्दै आएका छन । लकडाउनभन्दा अघि गाउँमा उत्पादन भएको तरकारी बुटवलको हाटबजार लगायतका स्थानहरुमा विक्रि वितरण हुँर्दै आएका थिए । अहिले भने आफ्नै बारीबाट व्यापारीहरुलाई तरकारी विक्रि गर्दैै आएका छन् । लकडाउनकै कारण दैनिक ३० देखि ४० जनासम्म व्यापारी तथा उपभोक्ता तरकारी किन्न आउने गरेको सोही वडाको समेरहवा टोल बेलवाका किसान सिताराम लोधले बताउनुभयो । किसान लोधले विगतका वर्षहरुमा आफुले उत्पादन गरेको तरकारी विक्रि गर्न बजार जानुपर्ने बाध्याता थियो । उहाका अनुसार उपभोक्ताहरुको रोजाईमा हरियो तरकारी बढि हुने गरेको छ । खासगरी होटल तथा रेष्टुरेन्टहरुमा प्रयोग हुने बन्दागोभी, टमाटर भने यसवर्ष कम मात्रामा विक्रि भएको छ । उहालाई अहिले टमाटर र बन्दागोभी विक्रिमा समस्या देखिएको छ । यस्तै सैनामैना, बुटवल, मणिग्राम, भैरहवादेखि व्यापारी तथा उपभोक्ता तरकारी लिन आउने गरेको किसान हरिजन चौधरीको भनाई छ । उनीहरुलाई हरियो तरकारी विक्रिमा समस्या नभए पनि उचित मुल्य नपाएको किसानहरुको गुनासो छ । लकडाउनकै कारण भित्रीबाटो हुदै व्यापारी तथा उपभोक्ता तरकारी खरिदका गर्न आउदा गाउँमा कोरोनाको जोखिम बढ्दै गएको स्थानिय रामबरण हरिजनले बताउनुभयो । यतिबेला गाउँपालिकाबाट समेत कुनै पनि सहयोग नभएपछि तरकारी विक्रिमा सहज बनाई दिन उनीहरुको माग छ । यता मायादेवी कृषक गाउँ ब्लकसमेत निर्माण गरिएको बेलवा गाउँमा हाल १ सय ५४ किसान आवद्ध रहेका छन् सोही समितिका अध्यक्षसमेत रहनुभएका किसान शुनिलकुमार हरिजनका अनुसार गाउँमा १ सय २८ हेक्टर क्षेत्रफलमा व्यवसायिक रुपमा तरकारी खेती गरिदै आएको छ । किसानहरुले सरकारबाट पिकअप भ्यानको व्यवस्थापन हुन सकेमा उत्पादित तरकारी आफै ढुवानी गरी बिक्री गर्ने बताएका छन । तर किसानको उत्पादन सहज रुपमा बजारीकरण गर्न हाल कुनै पनि सरकारबाट सहयोग नभएको उनीहरुको भनाई छ ।

