FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कृषि मल बिक्रीमा कालोबजारी

    • कृषि टि.भी.
    • २ साल अघि
    • ७ पटक पढिएको
    Post Thumbnail

    गोरखाको मसेलमा कृषि मलमा कालोबजारी भएको छ । लकडाउनको मौका छोपी भीमसेन थापा गाउँपालिका १ मसेलका किराना पसलेहरुले मुल्य बढाएर बिक्री गरेको स्थानीयको गुनासो छ ।

    लकडाउन सुरु हुनुभन्दा अघि प्रतिबोरा युरिया मल एक हजार ५० मा बिक्री भएको थियो । तर अहिले पाँचसय रुपैयाँ बढी तिर्नुपरेको खगीथोकका किसान अर्जुन पोखरेलको गुनासो छ । यस्तै स्थानीय व्यापारी कवीन्द्र श्रेष्ठको पसलमा २५ किलो मल सातसय ५० रुपैयाँमा बिक्री भएको छ । किसानले बढी मुल्य तिरेर खरिद गर्न मञ्जुर भएपनि आधा बोरा मात्र पाएका छन । कतिपय किसानहरुले भने प्रतिकिलो ३० रुपैयाँका दरले मल किनेको उनीहरुले बताएका छन । अर्का किसान छविलाल थापाले पनि २५ किलो युरिया सातसय ५० रुपैयाँका दरले किनेको जानकारी दिएको छ । यस्तै आफू सहकारीको सदस्य नरहेकाले मल किन्न नपाएको किसान हरिप्रसाद पोखरेलको गुनासो छ । स्थानीय व्यापारीले सहकारीका सदस्यलाई मात्र मल दिने भन्दै आफन्तलाई मात्र दिएको पाइएको छ । यता श्रेष्ठ पसलका प्रोपाइटर कविन्द्र श्रेष्ठले भने आफूले प्रतिबोरा एकहजार ५० मा नै बिक्री गरेको दाबी गरेका छन् । श्रेष्ठले गोरखा नगरपालिका १० छेपेटारस्थित उपभोक्ता सहकारी जिल्ला संघबाट ९० बोरा युरिया लगेर बिक्री गरेको खुलेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित