FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • धनुषामा असिनापानीले कृषिमा क्षति

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २१ पटक पढिएको
    Post Thumbnail

    धनुषामा शुक्रबार मध्यान्ह आधा किलोसम्मको असिना झरेसँगै भारी वर्षा भएको छ । तीव्र गतिको हावाहुरीसँगै सुरुमा सुक्खा असिना खसेको छ । असिनापछि भारी वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा लगाएका बालीनालीमा समेत क्षति पुगेको छ ।\

    सुक्खा असिना, हावाहुरी र वर्षाका कारण दर्जनौँ घरका छाना उडाएको छ । कतिपयको भने घरगोठ तथा पसलसमेत भत्काएको धनुषा बटेश्वर गाउँपालिकाका किसान गौरीशंकर महतोले जानकारी दिनुभयो । उहाका अनुसार खेतमा लगाएको काँक्रा, टमाटर, सिमीसहित मकैमा नोक्सानी भएको छ । जिल्लाका विभिन्न स्थानका किसानले दिएको जानकारी अनुसार बारीमा लगाइएका ठूलो परिमाणका नगदे तरकारी बालीमा पनि ठूलो क्षति भएको छ । त्यस्ता बालीको बिक्री गरेर जीविका गर्दै आएका किसानलाई असिनापानीले आर्थिक सङ्कट पर्ने जानकारहरुले बताएका छन । यस्तै बटेश्वर लक्ष्मिनी वासका जागृत महतोले हावाहुरी र असिनाले आँपको ससाना टिकुला सखाप पारेको बताउनुभयो । जिल्लाको बटेश्वर गाउँपालिकासहित मिथिला, सबैला, धनुषाधाम, गणेशमान चारनाथ, महोत्तरीको गौशाला, बर्दिबास भंगहा, औरही लगायतका स्थानीय तहमा हावाहुरी, वर्षा र असिनाले क्षति पु‍र्याएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित