- Loading...
खेतीयोग्य जमिन बाँझो राख्नेलाई कारबाहीको चेतावनी
- कृषि टि.भी.
- ३ साल अघि
- १७ पटक पढिएको

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले खेतीयोग्य जमिन बाँझो राख्नेलाई १५ दिन भित्रमा उपयुक्त वाली लगाउन अन्तिम मौका दिएको छ । सोही अवधिमा पनि त्यस्ता जमिन बाँझो राखे कारबाही गर्ने चेतावानीसमेत नगरपालिकाले दिएको छ ।


नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माद्वारा हस्ताक्षरित सूचनामा त्यस्तो चेतावानी दिइएको हो । उक्त सूचना अनुसार त्यस नगरपालिकाभित्र कृषियोग्य जमिन बाँझो राख्न नपाइने निर्णय यसअघि नै भइसकेका छ । त्यही निर्णय बमोजिम नगरपालिकाभित्र कसैले पनि जमिन बाँझो राख्न नपाइने भएको हो । नगरपालिकाभित्र कतिपय स्थानमा खेतीयोग्य जग्गा बाँझो देखिएकाले सूचना प्रकाशित गरी उपयुक्त बाली लगाउन आग्रह गरिएको छ । तर तोकिएको समय अवधिभित्र सम्वन्धित जग्गाधनीले खेती गर्ने प्रकृया अगाडि बढाउँदा सम्वन्धित वडामा अभिलेख गराउनु पर्ने मेयर वासुदेव घिमिरेले जानकारी दिनुभएको छ ।

