- Loading...
वडा कार्यालयले राहतसँगै केरा वितरण
- कृषि टि.भी.
- २ साल अघि
- २० पटक पढिएको

कैलालीस्थित जानकी गाउँपालिकाको ९ नं. वडाले राहतसँगै केरा वितरण गर्न थालेको छ । गाउँपालिकाले खाद्यान्नसहितको राहत प्याकेजमा केरा उपलब्ध गराउन थालेको हो । किसानको उत्पादित केरा बारीमै सड्न थालेकाले स्थानीय केरा व्यवसायी खेमबहादुर चन्दको सहयोगमा राहतमा केरासमेत बाँड्न थालेको छ ।


जानकी–९ का वडासचिव प्रेम बुढाका अनुसार प्रतिव्यक्ति एक दर्जन केरा वितरण गरिएको हो । वडा कार्यालयलाई केरा व्यवसायी चन्दले ३५० दर्जन केरा सहयोग गर्नुभएको छ । व्यवसायी चन्दले केरा बारीमै सड्न थालेपछि विपन्न नागरिकलाई वितरण गर्छु भनेपछि राहत प्याकेजमै राखिदिएको वडासचिव बुढाले बताउनुभयो । यता जानकी–९ का स्थानीयले राहतसँगै केरा पाएकोमा वडा कार्यालयलाई धन्यवाद दिएका छन् । लकडाउनका कारण उनीहरुले केरा किनेर खान समेत पाएका छैनन । वडा कार्यालयले अहिले चामल, दाल, तेल, नुनसँगै केरा पनि दिन थालेको छ । वडा कार्यालयले पहिलो चरणमा २०४ र दोस्रो चरणमा १५० परिवारलाई राहत वितरण गरेको छ । केरा व्यवसायी चन्दले उक्त गाउँपालिकाको क्वारेन्टाइनमा रहेका नागरिकका लागि पनि ३०० दर्जन केरा सहयोग गर्नुभएको छ । व्यवसायी चन्दले उत्पादन गरेको केराले बजार नपाउँदा बारीमै सड्न थालेको छ ।

