FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • अनुदानको चामलमा कालोबजारी

    • कृषि टि.भी.
    • २ साल अघि
    • १३ पटक पढिएको
    Post Thumbnail

    खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लकडाउनको बेला चामलमा बढाएको मूल्य वृद्धिमा डोल्पाका नागरिकले विरोध जनाएका छन् । विश्व महामारीको समयमा राहत दिनुपर्ने ठाउँमा उल्टै चामल बिक्रीमा कालोबजारी गरेको भन्दै स्थानीयले विरोध गरेका हुन ।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जापानी चामलमा एक्‍कासी मूल्य बढाएर असुली गर्न थालेपछि विरोध गरिएको हो । यसअघि दशप्रतिशत छुटमा बिक्री भइरहेको उक्त चामलको मूल्य गत आइतबार बढाएर पाँच हजार पु‍र्याएको छ । विगतमा ४ हजार ४०० मा बिक्री भएको चामल दश प्रतिशत छुटसहित ३ हजार ९ सय ६० रुपैयाँमा बिक्री गर्दै आएको थियो । तर संस्थानले एक्कासी पाँच हजार पु‍र्याएपछि महंगो मूल्यमा चामल खरिद गरिरहेको स्थानीय हरिरुप रोकायाले जानकारी दिनुभयो । लकडाउनमा चामलको माग बढेपछि खाद्यले मूल्य बढाएर कालोबजारी गरेको स्थानीयको आरोप छ । अहिले जिल्लामा २४ सय क्वीन्टल चामल मौज्दात छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी डोल्पाका प्रमुख कमलराज पाण्डेले भने आफूहरुले माथिको आदेश अनुसार मूल्य बढाएको बताउनुभयो । लकडाउनसंगै जापानी चामलको माग बढिरहेको बेला एक्कासी मूल्य बढाउदा त्यसको बिक्री समेत घटेको छ । खाद्यका अनुसार डोल्पामा हाल सबै क्षेत्रमा जापानी चामलको माग बढी रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित