FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • पाभिथरा भेटेनरीमा बिहानैदेखि किसानहरुको भीड

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २६ पटक पढिएको
    Post Thumbnail

    लकडाउनका कारण मल अभाव हुँदा मोरङ सुन्दरहरैंचाका किसान मारमा परेका छन । स्थानीय किसान मलको खोजीमा पसलहरुमा भौतारिदा त्यहाँ भीड नै लाग्न थालेको छ । यता पसलहरुमा भीडभाड बढ्दा कोरोना संक्रमणको जेखिम हुने डर बढेको छ ।

    मोरङको सुन्दरहरैंचास्थित सलकपुरमा रहेको पाभिथरा भेटेनरीमा शुक्रबार बिहानैदेखि किसानहरुको भीड लाग्यो । लकडाउनका कारण घरमै बसेका किसानहरु मल विक्री गर्ने थाहा पाएपछि शुक्रबार बिहान ५ बजेदेखि नै पसल अगाडी भेला भएका थिए । कोरोना संक्रमणको जोखिम रहेको बेला सामाजिक दुरी कायम गर्नुपर्ने अवस्थामा मल लिन भेला भएकाहरुको भीड बढेपछि कोरोना संक्रमणको जोखिम समेत देखिएको थियो । यसरी सयौं मानिसको भिड लागेपछि सशस्त्र प्रहरी सलकपुरले भिडलाई व्यवस्थित गरि सामाजिक दुरी कायम गराएर लाइन लगाएको थियो । भिडाम–भीडकाबीच लाइनमा बसेका किसानहरुले भने जति मल समेत पाउन सकेनन् । अधिकांश किसानलाई हाल युरिया मल चहिएकोमा व्यापारीले डिएपी नबिक्ने भन्दै सुरुमा डिएपी समेत लैजानु पर्ने भनेर युरिया मात्र विक्री गर्न मानेनन् । त्यसपश्चत कृषकहरुले विरोध गर्न थालेपछि स्थानीय जनप्रतिनिधिको रोहबरमा हाललाई युरिया मात्र बिक्रि गर्ने समझदारी गरियो । सुरुमा डीएपी खरिद नगरे युरिया विक्री नगर्ने अडान लिएका व्यापारीले जनप्रतिनिधले आग्रह गरेपछि प्रति किसान १० केजीका दरले युरिया वितरण गरे । तर किसानहरुले भने १० केजी मात्र युरिया पर्याप्त नभएकाले समस्या भएको गुनासो गरेका छन् । यता भेटेनरीका सञ्चालक योगेन्द्र भट्टराईले भने लकडाउनका कारण साल्ट ट्रेडिङ र कृषि सामाग्री संस्थामा मल अभाव भएकाले सोही अनुसार घटाएर सिमित मात्र उपलब्ध हुने गरेकाले मलको अभाव भएको बताउनु भएको छ । लकडाउनका कारण सिमित मात्र पठाएकाले सोही अनुसार किसानहरुलाई खटाएर विक्री गरिरहेको उहाँको भनाइ छ । बाइट योगेन्द्र भट्टराई भेटेनरीका सञ्चालक एकातर्फ किसानहरुले लकडाउनका कारण सहजरुपमा कृषि कर्म गर्न पाइरहेका छैनन् भने मल विउ लगायतको अभावका कारण झन् समस्या भएको छ । भविश्यमा हुन सक्ने खाद्य संकटलाई मध्यनजर गरेर खाद्यान्न उत्पादनमा लागेका किसानलाई आवश्यक मल विउ उपलब्ध गराउनेतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित