- Loading...
नगरपालिकाद्धारा धानको बीउ वितरण
- कृषि टि.भी.
- ३ साल अघि
- २३ पटक पढिएको

भक्तपुर नगरपालिकाले नगरका पाँच हजार ९ सय ९ जना किसानलाई खुमल–११ ताइचीन जातको धानको बीउ वितरण गरेको छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको देशव्यापी लकडाउनलाई ध्यानमा राख्दै नगरपालिकाले बिउ वितरण गरेको छ ।


नगरका सबै वडा कार्यालयमार्फत प्रतिपरिवार दुई केजी ५सय ग्राम धान निःशुल्क वितरण गरेको हो । नगरपालिकाकाले स्थानीय स्वयंसेवक परिचालन गर्दै वडा कार्यालय र घरदैलो गरी प्रत्येक परिवारलाई धान वितरण गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो । यता जिल्लाको चाँगुनारायण नगरपालिकाले पनि आफ्नो क्षेत्रका किसानलाई ५० प्रतिशत अनुदानमा मकै, भटमास, धान, कोदो तथा फापरलगायतको बीउ वितरण सुरु गरेको छ । लकडाउनका बेला किसानलाई सहज रूपमा बीउ उपलब्ध गराउने गरी नगरपालिकाले सबै वडा कार्यालयबाट अनुदानमा बीउ दिएको नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रको भनाई छ । नगरपालिकाले पहिलो चरणमा मनकामना–३ जातको मकै र भटमासको बीउ वितरण सुरु गरेको बताइएको छ । एक हजार १ सय किलो मकै प्रतिकिलो १३० रुपैयाँका दरले खरिद गरी आधा मुल्यमा वितरण गर्न थालेको नगरप्रमुख मिश्रले जानकारी दिनुभयो ।

