
- Loading...
दाङमा कृषि एम्बुलेन्स सञ्चालन
- कृषि टि.भी.
- २ साल अघि
- ११ पटक पढिएको

दाङमा कृषि क्षेत्रको समस्या समाधान गर्न कृषि एम्बुलेन्स सेवा सुरु गरिएको छ । कृषि ज्ञान केन्द्रले गत बिहिबारबाट एम्बुलेन्स सेवा सुरु गरेको हो । जिल्लामा पहिलो पटक सरकारी क्षेत्रबाट सहयोग पाएपछि एम्बुलेन्स सञ्चालनमा आएको छ । निजी क्षेत्रले भने केही समय अघिदेखि नै घुम्ती सेवामार्फत कृषि उत्पादन बजार तथा उपभोक्ताको घर–घरमा पुर्याइरहेका छन् ।


अहिले किसानहरुको समस्या समाधानका लागि २ वटा गाडीबाट सेवा सुरु गरिएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत भरतमणि पोख्रेलले जानकारी दिनुभयो । यस्तै किसानको माग भए थप गाडी व्यवस्था गर्न सकिने अधिकृत पोख्रेलको भनाई छ । यसअघि आफुहरुले उत्पादन गरेको कृषिजन्य बस्तुले बजार नपाएको किसानहरुले गुनासो गदैआएका थिए । पछिल्लो समय उनीहरुले उत्पादन गरेका कृषि उपजलाई बजार पुर्याउन तथा आवश्यक कच्चा सामाग्री ढुवानीमा सहज भएको छ । उक्त एम्बुलेन्समार्फत उत्पादित बस्तु बजारसम्म पुर्याउने व्यवस्था मिलाएपछि किसान आफैंले पनि बिक्री गर्न थालेका छन । त्यस्तै किसानलाई आवश्यक पर्ने बिऊ तथा मल गाउँसम्म पुर्याइदिने व्यवस्था गरेको छ । तर लकडाउनकै कारण उनीहरुहरुले उत्पादन गरेका कृषिजन्य वस्तु बिक्री नहुँदा खेर जान थालेको स्थानीयले गुनासो गदैआएका छन् ।

