FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कुखुराको दानामा मुल्य बृद्धि

    • कृषि टि.भी.
    • २ साल अघि
    • २० पटक पढिएको
    Post Thumbnail

    लकडाउनका कारण बाँकेका कुखुरा व्यवसायीलाई लाखौँको क्षति भएको छ । किसानले उत्पादन गरेको कुखुरा उचित मुल्यमा बिक्रि नहुँदा उनीहरुले घाटा व्यहोर्नु परेको छ । पोल्टी फार्मबाट होलसेल मुल्य प्रतिकेजी २ सय र खुद्रा बिक्री मुल्य २२० रहेपनि लकडाउनले थोकमै प्रतिकेजी १७० र खुद्रा मुल्य १८० रुपैयामा बिक्रि गर्न किसान बाध्य भएका छन ।

    आफुहरुले उत्पादन गरेको कुखुरा बिक्रीमा समस्या भएपछि लाखौ रुपैयाँ घाटा भएको जानकी गाँउपालिका ५ का कुखुरा व्यवसायी बेलाबी बर्माले बताउनुभयो । लकडाउनकै कारण दानाको मुल्यमा पनि दोब्बरले बृद्धि भएको छ । महंगो मुल्यको दाना खुवाएर पालेको कुखुरा सस्तो मुल्यमा बिक्रि गर्दा एक लाख असि हजार घाटा भएको अर्का व्यवसायी मुनका बर्माले बताउनुभयोे । एक महिना अघिसम्म २ हजार ७ सय पर्ने दानाको मुल्य अहिले ४ हजार ५ सयमा किन्नु पनेउनीहरुको बाध्यता छ । दानामा भएको मुल्य बृद्धिले १ हजार कुखुरा अट्ने खोरमा ६ सय मात्र राखेको स्थानीय व्यवसायीहरुले बताएका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित