FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सरकारी अनुदानको मलको कालोबजारी

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १८ पटक पढिएको
    Post Thumbnail

    बारामा लकडाउनका बेला सरकारी अनुदानको रासायनिक मलको कालोबजारी बढेको छ । जिल्लामा सरकारी अनुदानको मल, किसानलाई बिक्री नगरी कृषि सहकारी संस्थाहरुले बढी मुनाफा लिएर व्यापारीलाई बिक्री गरेका छन । भारत तथा तेश्रो मुलुकबाट नेपाल सरकारले खरिद गरी ल्याएको रासायनिक मल, कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले कृषि सहकारीमार्फत किसानलाई सरकारी अनुदानमा मल उपलब्ध गराउदै आएको छ ।

    तर बारामा भने सहकारी संस्थाहरुले लकडाउनको मौका छोपी सरकारी अनुदानको मल, किसानलाई नभई बढी मुनाफाको लोभमा व्यापारीलाई बिक्री गरिरहेका छन । त्यस्ता सहकारी संस्थाले सरकारले तोकेको दरभन्दा बढी भाउमा किसानलाई बेचेर मलको कालाबजारी गरेको पाइएको छ । यता लकडाउनमा मलको कालोबजारी गरेका बाराका विभिन्न स्थानका ५ जनालाई पक्राउ गरिसकेको छ । उनीहरुको पसलबाट ६ सय १२ बोरा मल पनि प्रहरीले जफत गरेको छ । शुक्रबार मात्रै मलको कालोबजारी गरेको आरोपमा प्रहरीले जिल्लाका एक व्यापारीसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको बिश्रामपुर गाउँपालिका २ का गायत्री खाद भण्डारका सन्चालक महेन्द्र साहतेली र टयाक्टर चालक रामबाबु पंडित छन् । प्रहरीले कालोबजारी गर्न लगिएको डीएपी, युरिया र पोटास गरी ९० बोरा रासायनिक मल जफत गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित