- Loading...
अग्रणी कृषि सहकारीले सेयर सदस्यको कृषिबाली अनुगमन
- कृषि टि.भी.
- २ साल अघि
- ९ पटक पढिएको

मोरङको सुन्दरहरैंचास्थित अग्रणी कृषि सहकारी संस्थाले आफ्ना सेयर सदस्यको कृषिबाली अनुगमन गरेको छ । तर अनुगमन गरेर मात्र नहुने स्थानीय जानकारहरुको भनाई छ । किसानले उत्पादन गरेको कृषिजन्य बस्तु उपभोक्तासम्म पुर्याउन र सहजीकरण गर्न आवश्यक रहेको बताइएको छ ।


हामी अग्रणी कृषि सहकारी संस्था लिमिटेड सुन्दरहरैचा नगरपालिका वडा न. ४ का अध्यक्ष शोभितमान पौडेलको सहयोगमा उक्त सहकारीको कृषि क्षेत्रमा लागेर काम गर्नुभएको सेयर सदस्यको खेतबारीमा पुग्ने प्रयास गरियौ। जसले कृषि पेसालाई अपनाएर अगाडि बढीरहेको किसानको खेतबारीमा पुग्दा अहिलेको देशको विषम परिस्थितिले निकै नै मारमा किसान परेको छ । किसानको तरकारी बारीमै नष्ट भएको र उपभोक्ता सम्म नपुग्दा चिन्तित छन भने अर्कोतिर मल तथा बीउबिजन पाउन समस्या भएको अबस्थामा छ । त्यसैगरि लकडाउनले पसलमा किटनाश औषधि र किसानले चाहेको बिउ बिजनको अभाव छ केबि पोल्ट्री तथा भेट्नेरी संचालक सुन्दरहरैंचा १ का कमल न्यौपाने बताउनुहुन्छ । कृषि सहकारीका अध्यक्ष सोभितमान पौडेलले आफ्ना शेयर सदस्यको समस्या त सुन्नुभयो । तर त्यसका पहलको लागि उहाँ अगाडि भन्नुहुन्छ । हो कहिले सम्म किसानले सहजता पाउने त । कृषकहरु यो किसिमको कृषि क्षेत्रमा समस्या आउँछ भनेर सोचेको थिएन्न। अर्को तिर ऋणको भार अनि जग्गा भाडा लिएर गर्ने कृषि कर्म गर्ने किसानले कहिले जीवन स्तर उकास्न सक्छ त ? यसलाई सहज बनाउन कृषि सहकारी तथा कृषकका संघ, सस्थाले सहजीकरण गर्न जरुरी छ भने स्थानीय निकायले झने चासो दिन जरुरी छ । यदि स्थानीय निकायले समयमै कृषि क्षेत्रको समस्यामा ध्यान नदिने हो भने कृषि उत्पादनमा कमि हुन सक्छ । लकडाउन अझै बढने हो भने भोकमरीको समस्या बढ्न सक्छ ।

