FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • पाल्पामा असिनापानीले तरकारी बालीमा क्षति

    • कृषि टि.भी.
    • २ साल अघि
    • १६ पटक पढिएको
    Post Thumbnail

    असिनापानीले पाल्पाका विभिन्न स्थानमा लगाइएका तरकारी बालीमा क्षति पुगेको छ । हावाहुरीसहितको असिनापानीले फल लाग्दै गरेका र फूल खेलेका करिब आठ लाख मुल्य बराबरको बालीमा असर परेको छ । तरकारीको मुख्यक्षेत्र रहेको निस्दी गाउँपालिका २ सहलकोट क्षेत्रमा मात्रै करीब ३५ रोपनीमा लगाइएको बेमौसमी तरकारी खेतीमा नोक्सान पुगेको छ ।

    त्यहाँ लगाइएको काँक्रा, करेला, गोलभेँडा, सिमी र खुर्सानी जातका तरकारी असिनापानीले नष्ट पारेको हो । स्थानीय यमबहादुर मश्राङ्गीको आठ रोपनी जग्गामा लगाएको तरकारीमा असिनापानीबाट चार लाख बराबरको क्षति पुगेको बताइएको छ । सोही ठाउँकै राममाया लामिछानेको पनि स्थायी टनेलमा भएको सिमी, गोलभेँडालगायत तरकारीमा क्षति पुगेको छ । टनेलको फलामे डण्डी नै भाँचिएपछि समस्या परेको उनीहरुको भनाई छ । अहिले परेको असीनाले टिप्ने बेला भएको चौमासे सिमी र गोलभँेडामा नोक्सानी पुगेको छ । प्रदेश सरकारको सहयोगमा निस्दीमा दश वटा तरकारी टनेल निर्माण गरिएको छ । जलदेवी सामाजिक महिला उद्यमी सहकारीमार्फत प्रदेश नं ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ८० प्रतिशत अनुदान सहयोगमा उक्त टनेलमा तरकारी खेती गरिएको छ । रामपुर नगरपालिका क्षेत्रमा लगाइएका तरकारी बालीमा पनि असिनापानीले क्षति पु¥याएको छ । यता जिल्लाका अन्य स्थानीय तहमा पनि असिनाले तरकारी बालीमा बढी क्षति पुगेकाले क्षतिपूर्तिको माग गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित