- Loading...
बाँकेमा काँक्राले बजार पाएन
- कृषि टि.भी.
- २ साल अघि
- ६ पटक पढिएको

बाँकेका किसानले लगानी अनुसार कृषिउपजले मुल्य नपाउँदा स्थानीय चिन्तित भएका छन् । डुडुवा गाँउपालिका ५ वल्दिपुरका स्थानीयले काँक्रा उत्पादनमा प्रतिक्वीन्टल २ हजार ५ सयसम्म लगानी गरेपनि १ हजार ५ सयमा बिक्रि गर्न बाध्य भएका हुन् । जिल्लामा सबै भन्दा बढी उत्पादन हुने काक्रा नेपालगन्ज बजारमा बिक्रि हुदै आएको छ । तर काँक्रा लिएर किसान बजार पुगेपनि लकडाउनले उपभोक्ता नभेटिँदा बिक्रीमा समस्या देखिएका छन ।


अहिले लकडाउनकै कारण काँक्रा बिक्रि नभएको वल्दिपुरका किसान राम भोगीले बताउनुभयो । तर खेतबारीमै व्यापारी आएको बेला भने १ हजार ५ सयसम्म मात्र मुल्य पाएको किसान भोगीले बताउनुभयो । त्यस्तै सोही गाँउका किसान सालिराम यादवले काँक्रा बिक्रि भएपनि लगानी नउठेको गुनासो गर्नुभयो । उहाका अनुसार खेतमै २ हजारदेखि २ हजार ५ सय प्रति क्वीन्टलको दरले लगानी भएको किसान यादवले बताउनुभयो । यता तरकारी खेतीमा आबश्यक किटनाशक विषादी नपाएपछि उत्पादनमा कमि आउन थालेको स्थानीयको भनाई छ । तर तरकारीमा रोग लागेपनि कृषि ज्ञान केन्द्रबाट अनुगमन गरी सहयोग नहुँदा उत्पादनमा कमि आएको किसान यादवले गुनासो छ । यता समयमै काँक्रा बिक्रि गर्न नसकेपछि हावाहुरी र बर्षातका कारण खेतमै कुहिन थालेको छ । कम मुल्यका कारण उत्पादित बस्तु बिक्रि नहँुदा किसानलाई लाखौ मुल्यको घाटा सहनु परेको छ ।

