FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • डोटीका सबै स्थानीय तहमा खाद्य बैंक स्थापना

    • कृषि टि.भी.
    • २ साल अघि
    • ८ पटक पढिएको
    Post Thumbnail

    जिल्लामा खाद्यान्‍नको संकट आउन नदिन डोटीले ९ वटै स्थानीय तहमा खाद्य बैंक स्थापना गर्ने भएको छ । जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले डोटीका सबै स्थानीय तहमा कोरोनाको कारण खाद्य अभाव तथा अन्य विपत‌को जोखिमबाट बच्‍न पूर्वतयारी स्वरुप खाद्य बैंक स्थापना गर्ने निर्णय गरेको हो ।

    कोरोना भाइरसको सङ्क्रमण र भविष्यमा आउन सक्ने विपतलाई लक्षित गरी खाद्य बैंक स्थापना गर्ने निर्णय भएको जिल्ला विपत् व्यवस्थापन समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन अवधि अनिश्चितकालीन रहेकाले खाद्यान्‍न अभाव हुनसक्ने अनुमान गरिएको छ । सोही अनुरुप स्थानीय तहले अस्थायी खाद्यान्‍न बैंक स्थापना गर्ने निर्णय गरेको दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले बताउनुभयो । उहाका अनुसार वर्षाको समय पनि सुरु भएकाले जिल्लामा खाद्यान्‍न अभाव हुनसक्ने आँकलन गरिएको छ । उक्त आधारमा सबै स्थानीय तहले खाद्य बैंक स्थापना गर्ने निर्णय गरेको बताइएको छ । खाद्य बैंकमा खाद्य मौज्दात गर्दा स्थानीय उत्पादनलाई पहिलो प्राथमिकतामा राखिने पनि निर्णय भएको भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित