FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • अलपत्र नागरिकलाई उद्धार गर्दै नगरपालिका

    • कृषि टि.भी.
    • २ साल अघि
    • १२ पटक पढिएको
    Post Thumbnail

    अस्थायी रुपमा काठमाडौमा वसोबास गर्दै आएका आफनो नगरक्षेत्रका नागरिकलाई घर फर्काउने कामले अहिले तीव्रता पाएको छ । लकडाउनकै कारण समस्यामा पर्न थालेको भन्दै मोरङको सुन्दरहरैंचा नगरपालिकाले पनि आफना नगरवासीलाई घर फिर्ता ल्याउने कार्य सुरु गरेको छ ।

    कोरोना भाइरस नियन्त्रण गर्न सरकारले लगाएको लकडाउनको समय लम्बिएसँगै काठमाडौबाट घर फर्कने इच्छा भएका नगरवासीलाई नगरपालिकाले घर फिर्ता ल्याउन थालेको हो । अस्थायी रुपमा काठमाडौंमा विभिन्न काम तथा कारणले वस्दै आएका नगरवासीहरु बेखर्ची वन्न थालेपछि र अन्य समस्याहरु समेत आइपर्न सक्ने तर्फ मध्यनजर गदै नगरपालिकाले घर फर्कन चाहने सुन्दरहरैंचा वासीलाई अन्लाइन फर्म भर्ने व्यवस्था मिलाएको थियो । फर्म भरेकामध्ये पहिलो चरणमा ४५ जनालाई सकुसल ल्याइपुर्याएको छ । घर फर्कन चाहने ५ सय वढी मानिसहरु मध्ये पहिलो चरणमा क्रियापुत्री, विद्यार्थी, विरामीलाई प्राथमिकताका साथ ल्याउने काम गरेको नगरवासीलाई लिन काठमाडौं पुगेका सुन्दरहरैंचा नगरपालिकाका कर्मचारी पुष्कल गौतमले जानकारी दिनुभयो । उनले घर फर्कन चाहने नगरवासीहरुको सामान्य ज्वरोको अवस्था जानकारी लिने गरि थर्मलगन सहित बस लिएर काठमाडौ पुगेर पहिलो चरणमा ४५ जनालाई ल्याएको र उनीहरुको स्वास्थ्य परिक्षण पुर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा गराउने काम गरेको जानकारी दिनुभयो । सुन्दरहरैंचा नगरपालिकाले घर फर्कन चाहनेहरुका लागि आह्वन गरेको अन्लाईन फर्म भरेकाहरुलाई क्रमिक रुपमा ल्याउने सुन्दरहरैंचा नगरपालिका वार्ड नं ४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले बताउनुभयो भयो । गाडिमा खाने कुराको व्यवस्था सहित नगरपालिकाले सहज रुपमा घर फर्काउने काम गरेकोमा घर फर्किन पाएकाहरु हर्सित भएका छन । सुन्दरहरंैचा नगरपालिकाको सहयोगमा घर फर्किएका नगरवासीहरुलाई सुन्दरहरैंचाको गोठगाउँमा रहेको पुर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा कोरोनासंग सम्वन्धीत परिक्षण गरिएको र कसैलाई पनि अहिले सम्म समस्या नदेखिएकाले शसस्त्र प्रहरी बल नेपाल हाइवे सुरक्षा पोस्ट सलकपुरको सहजीकरणमा घर पठाउने काम भएको थियो । ४५ जनाकै स्वास्थ्य परिक्षण पुर्वाञ्चल बिश्वबिधालय शिक्षण अस्पतालमा गरिसकेको छ भने कसैमा पनि संकास्पद रोग नदेखिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख मछिन्द्र बस्नेतले जानकारी दिनुभयो । काठमाडौंमा अध्ययनका लागि वसोवास गर्दै आएका विद्यार्थी तथा अन्य काम गर्दैआएकाहरु मात्र नभएर केही दिनका लागि मात्र काठमाडौं पुगेकाहरु समेत लकडाउनका कारण उतै वस्न वाध्य भई रहेको अवस्थामा नगरपालिकाले घर फर्काउने काम गरिदिएकोमा वहाँ हरुले नगरपालिकाको कार्यको प्रशंषा समेत गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित