FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • झापाको चिया बगानमा ‘लुपर’ किराको प्रकोप

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २३ पटक पढिएको
    Post Thumbnail

    लकडाउनको लामो समयपछि सामाजिक दुरी कायम गर्दै बगान खोलेका झापाका चिया किसान फेरि ‘लुपर’ किराको मारमा परेका छन् । एक महिनायता किराले पथरिया, घेराबारी, केचनालगायत भेगका ८ सय बिघाभन्दा बढी क्षेत्रफलको चिया नष्ट गरिसकेको छ ।

    लकडाउनका कारण भारत र वीरगन्जबाट औषधि ल्याउन नपाउँदा लुपरको संक्रमण फैलिएको किसानको गुनासो छ । त्यस क्षेत्रमा कैलो रंगको पुतलीको लार्भाले नै चियाको पत्ता खाएर नष्ट गर्ने गरेको छ । अहिले उक्त क्षेत्रका बगानमा चियाका पातजति किराले खाइसकेको छ । लुपरको लार्भा चियाको हाँगाजस्तै खैरो रंगको हुने गरेको किसान बोरोराम राजवंशीले जानकारी दिनुभयो । नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलका अनुसार संक्रमण देखिए पनि मुलुकभरको लकडाउनले तत्काल औषधी गर्न नसकेको हो । चिया बगानमा भएको लुपरको आक्रमण लकडाउनसँगै सुरु भएको व्यवसायीहरुले बताएका छन । उक्त किरा नियन्त्रण गर्न अहिलेसम्म पनि किसानले औषधि छर्किन पाएका छैनन । कचनकवल क्षेत्रमा मात्र १० लाख केजीभन्दा बढी हरियो पत्ती नष्ट भएको अध्यक्ष मित्तलको भनाई छ । करिब ५ सय बिघा क्षेत्रफलमा रहेको उहाको मित्तल टी स्टेटको पनि २ सय ५० बिघाबढीको चिया नाश भएको छ । लुपर किरा मार्ने औषधि नेपालको वीरगन्ज वा भारतमा मात्र पाइने स्थानीयले बताएका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित