- Loading...
खाद्यमा थन्किएको चामलको मूल्य घट्यो
- कृषि टि.भी.
- ३ साल अघि
- २६ पटक पढिएको

बझाङको तल्कोट गाउँपालिकामा महँगोे हुँदा थन्किएको चामलको मूल्य घटेको छ । खाद्य संस्थानको चामल महँगो हुँदा बिक्री नभएको समाचार प्रकाशित भएपछि खाद्य संस्थानको चामलको मूल्य घटाइएको हो ।


बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण लकडाउनभर खाद्य संस्थानले साविकको मूल्यमा १० प्रतिशत रकम घटाएर चामल बिक्री गर्ने निर्णय गरेको थियो । तर तल्कोटमा भने मूल्य नघटाई बिक्री गर्दा चामल थन्किएको थियो । ठेकेदारले ढुवानी गरेको चामल बजार दररेट भन्दा महँगोे भएपछि ढुवानी गरेको एक महिना पुग्दासमेत बिक्री नभएर थन्किएको होे । पछिल्लो निर्णय अनुसार लकडाउन अवधिभर ठेकेदारले चामलको मूल्य प्रतिकिलो ४७ रुपैयाँबाट घटाएर ४२ रुपैयाँमा बिक्री गर्ने भएका छन् । तल्कोट गाउँपालिकामा मौज्दात रहेको १ सय १० क्विन्टल चामल स्टक प्रमाणित गर्नुपर्ने सरोकारवालाहरुले माग गरेका छन । क्षेत्रीय खाद्य संस्थान धनगढीबाट तल्कोटमा रहेको चामलको मूल्य घटाएर बिक्री गर्न निर्देशन आए अनुसार साविकको मूल्यभन्दा १० प्रतिशत घटाएर बिक्री गरिने कृष्ण भण्डार एण्ड सप्लायर्सका प्रतिनिधी निरन बिष्टले बताउनुभयो । चामलको मूल्य घटेपछि उपभोक्ताले सस्तो र शुलभ मुल्यमा खाद्य संस्थानको चामल उपभोग गर्न पाउने भएका छन । यता तल्कोटमा स्टक रहेको चामल पनि छिटो छरितो बिक्री हुने बताइएको छ ।

