FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • ओखलढुंगाको मकै खेतीमा फौजी कीराको प्रकोप

    • कृषि टि.भी.
    • २ साल अघि
    • १२ पटक पढिएको
    Post Thumbnail

    अघिल्लो वर्ष जस्तै मकै खेतीमा फौजी कीराको संक्रमण देखिएपछि ओखलढुंगाका किसान चिन्तित बनेका छन । जिल्लाको चम्पादेवी गाउँपालिका ३ का किसानले लगाएको मकैबालीमा फौजी किरा देखिएको छ । चम्पादेवीका अन्य वडाका तल्लो क्षेत्रमा छरेको मकैमा कीरा लागेको वडा नं. ३ का वडाध्यक्ष बलबहादुर तामाङले बताउनुभयो ।

    चम्पादेवीको माथिल्लो क्षेत्रमा मकै छर्न भर्खर सुरु भएपनि तल्लो भेगमा भने मकै गोड्ने बेला भएको छ । गोड्ने बेलाको मकै कीराले खाएर नष्ट गरेको भन्दै किसानले गुनासो गर्न आउने गरेको वडाध्यक्ष तामाङको भनाई छ । यता स्थानीय किसानले भने जनप्रतिनिधीले आफुहरुको समस्यामा चासो नदिएको गुनासो गरेका छन् । अहिले गाउँपालिकाले किसानका समस्या कोरोनाका कारण नसुनेको स्थानीय रमि तामाङले गुनासो गर्नुभयो । यता गाउँपालिकाले भने किसान लक्षित गरेर कोरोना रोकथाम तथा नियन्त्रणका लागि १ करोडको कोष स्थापना गरेको जनाएको छ । तर उक्त कोषले किसानलाई कसरी सम्बोधन गर्छ भन्ने कुरा स्वयं फौजी किराको प्रकोप फैलिएकै वडाका वडा अध्यक्ष तामाङलाई थाहा छैन । अघिल्लो वर्ष खडेरीले सखाप पारेको मकै खेतीमा यसवर्ष भने फौजीले सताउन थालेको छ । फौजीले विशेष गरी ३ नं वडाको सिल्खुबेँसीमा लगाइएको मकै नष्ट गरेको छ । यस्तै मानेभञ्याङको थाक्ले तथा उबूँसहित चिसंखुगढीको माम्खालगायतका क्षेत्रमा फौजी किरा देखिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित