
- Loading...
सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ६ कस्तुरीको सिकार
- कृषि टि.भी.
- २ साल अघि
- १० पटक पढिएको

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा कस्तुरीको सिकार गरेको पाइएको छ । स्थानीय एक महिलाले ६ वटा कस्तुरी पासोमा झुण्डिएको अवस्थामा फेला पारेका छन । आइतबार दिउँसो पूजा गर्न मालिङगो काट्न जाँदा कस्तुरी पासोमा भुण्डिएको अवश्थामा भेटिएको छ ।


उक्त कस्तुरीको विना निकालिएको अवस्थामा फेला परेको खुम्बु पासाङल्हामु गाउँपालिका ४ का वडाअध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिनुभयो । सगरमाथा निकुञ्ज क्षेत्रको संरक्षित मध्येको मुख्य वन्यजन्तुमा कस्तुरी रहेको छ । तर सरकारले करिब ६० भन्दा बढी कर्मचारी र नेपाली सेना खटाएर कडा सुरक्षा दिँदै आएपनि वर्षेनी पासो थापेर बन्यजन्तुको सिकार गर्ने गरेको पाइएको छ । सरकारले स्थानीयबासीलाई निकुञ्ज क्षेत्रमा प्रवेश निषेध गरेको छ । वर्षमा १५ दिन पुस महिनामा मात्र सडापडा निकाल्न समय दिने गरेको छ । त्यसबाहेक स्थानीयलाई जंगल प्रवेशमा कर्मचारी र सेनाले अनुमति नदिने गरेको अध्यक्ष अधिकारीले बताउनुभयो । तर कडा सुरक्षाबीच स्थानीयले आइतबार गाउँपालिकाको वडा नम्बर ४ र ५ को बीचमा दुई सय मिटर क्षेत्रबाट ५४ वटा पासो र ६ वटा कस्तुरी फेला पारेको छ । वन्यजन्तुको संरक्षणको जिम्मा पाएको सरोकार पक्षको वेवास्ताले पासोको जालो जंगलमा फैलिएको स्थानीयबासीको आरोप छ ।

