FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • जाजरकोट र रुकुम पश्चिमका किसानलाई मकै रोप्ने चटारो

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १६ पटक पढिएको
    Post Thumbnail

    मौसममा आएको परिवर्तनसँगै गहुँबाली भित्राएका किसानले मकै रोप्न थालेका छन् । कोरोनाको त्राससँगै जाजरकोटका किसानले खेतीपातीको कामलाई गति दिएका हुन् । मानो रोपेर मुरी उब्जाउने समयलाई सदुपयोग गर्दै जाजरकोट र रुकुम पश्चिमका किसान अहिले मकै रोप्न व्यस्त भएका हुन् ।

    लकडाउनको पालना गर्दै खेतबारीमा गोठेमल राख्नेदेखि गोरुको सहायताले मकै रोप्ने काम शुरु भएको कुशे गाउँपालिका–६ का किसान गोपाल गिरीले जानकारी दिनुभयो । सिँचाइ सुविधा नभएको ठाउँमा आकाशे पानीको भरमा लगाइने मकैबाली उक्त २ जिल्लाको मुख्यबालीको रुपमा रहेको छ । तर वैशाख महिनामा लगातार पानी परेका कारण मकै रोप्न सजिलो भएको रुकुम पश्चिम आठबिसकोट–९ बटाला गाउँका विष्णु बटालाले जानकारी दिनुभयो । वैशाखमा लगातार पानी परेपछि गहुँ भित्राउनसमेत केही समस्या परेको कतिपय किसानको भनाई छ । यस्तै जाजरकोटको छेडागाड, नलगाड तथा भेरी नगरपालिका र बारकोट, कुशे तथा शिवालयसहित जुनिचाँदे गाउँपालिकामा किसानहरु व्यस्त देखिएका छन । यता रुकुम पश्चिमको आठबिसकोट नगरपालिका तथा चौरजहारी नगरपालिकामा अहिले किसानहरु काममा व्यस्त भएका छन् । त्यसमध्ये जुनिचाँदे, बारेकोट तथा कुशे गाउँपालिकामा वर्षेनी खाद्यान्न अभाव हुदै आएको छ । सिँचाइ सुविधासमेत नभएका सोही स्थानीय तहमा आकाशे पानीकै भरमा खेती गरिदै आएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित