FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कामधेनु गाईपालन केन्द्रमा पश्आहाराको अभाव

    • कृषि टि.भी.
    • २ साल अघि
    • १२ पटक पढिएको
    Post Thumbnail

    गोरखाको पालुङटार नगरपालिका–७ च्याङलीस्थित कामधेनु गाईपालन केन्द्रमा लकडाउनले दैनिक ४ सय लिटर दूध उत्पादन घटेको छ । सञ्चालक राजेन्द्रराज पन्तका अनुसार लकडाउन अघि दैनिक १ हजार ७ सय लिटर दूध उत्पादन हुनेमा अहिले १ हजार ३ सय लिटरमात्र उत्पादन भइरहेको छ । पर्याप्त मात्रामा दाना खुवाउन नसक्दा उत्पादन घटेको सञ्चालक पन्तले बताउनुभयो ।

    उक्त गाईफार्ममा अहिले २ सय २० वटा गाई छन् भने १ सय १० वटाले दुध दिने रहेका छन् । लकडाउनले गर्दा चाहिएजति दाना तथा चोकरसहित पराल ढुवानीमा समस्या भएको छ । नारायणगढ, वीरगञ्ज, काठमाडौंलगायतका विभिन्न ठाउँबाट दाना ल्याउनुपर्ने भएकाले समस्या भएकोे बताइएको छ । दानाका लागि अग्रिम भुक्तानी गर्नुपर्ने कारण थप समस्या भएको सञ्चालकको भनाइ छ । यस्तै समयमा पैसा पठाउन नसक्दा पनि उनीहरु मारमा परेका छन । तर घाँस उत्पादन आफैले गरेकाले केही सहज भएको व्यवसायीको भनाई छ । व्यवसायी पन्तले करिव २ सय ४० रोपनी क्षेत्रफलमा विभिन्न जातका घाँस लगाएका छन् । लकडाउनको समयमा त्यही घाँसको भरमा फार्म जोगाएको व्यवसायीको गुनासो छ । तर आफुले उत्पादन गरेको दुध बेच्नका लागि भने कुनै समस्या नभएको व्यवसायी पन्तले बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित