- Loading...
रेडियो ब्रोडकास्टर्समा सहयोग गर्न माग
- कृषि टि.भी.
- २ साल अघि
- ८ पटक पढिएको

रेडियो ब्रोडकास्टर फोरमले सरकारको ध्यानाकर्षण गराएको छ । रेडियो ब्रोडकास्टर्स फोरम नेपालले कोभिड १९ बाट एफएम रेडियो सञ्चालनमा परेको नकरात्मक प्रभावबारे ध्यानाकर्षण गराउँदै राहत र सहयोगको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।


रेडियो ब्रोडकास्टर्सहरुको तर्फबाट ब्रोडकास्टर्स फोरमका अध्यक्ष आर.के श्रेष्ठले सोमबार सरकारका प्रबक्ता एवमं सञ्चार तथा सूचना प्रबिधि मन्त्री डा. युवराज खतिवडा र सचिव दिपक सुवेदीलाई ४ बुँदे ज्ञापनपत्र बुझाउँदै उक्त माग गर्नुभएको हो । लकडाउनको समयमा आम जनतालाई सूसुचित गराउन सबैभन्दा प्रभावकारी भूमिका खेलेको रेडियो स्टेशनहरु भने लकडाउनका कारण आर्थिक दूरावस्थामा पुगेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । लकडाउनकै कारण आर्थिक क्रियाकलाप ठप्प हुँदा एफएम रेडियोहरुको आम्दानीको मुख्य स्रोत व्यवसायिक विज्ञापनमा ९० प्रतिशत कटौती भएको उल्लेख गरेको छ । फोरमका अनुसार त्यस्ता समस्याबाट धेरै रेडियोहरु आर्थिक संकटमा पर्न थालेकाले राहत प्याकेजको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ । ज्ञापनपत्रमा रेडियोहरुका लागि २ महिनाका लागि आवश्यक थप बजेटको व्यवस्था गर्न र आर्थिक वर्ष २०७७÷०७८ को लागि नविकरण शुल्क छुटको व्यवस्था मिलाउन माग गरेका छन । यस्तै आर्थिक वर्ष २०७६÷०७७ को अन्तिम चौमासिकका घर भाडा कर छुट गर्न आवश्यक समन्वय गर्न र आगामी ६ महिनासम्मका लागि विद्युत टेलिफोन तथा इन्टरनेट शुल्कमा छुटको व्यवस्था गर्न आवश्यक पहल गर्न सरकारसँग माग गरिएको छ ।

