- Loading...
असिनापानीले गहुँबालीमा क्षति
- कृषि टि.भी.
- २ साल अघि
- ११ पटक पढिएको

बैतडीमा यसवर्ष गहुँ उत्पादनमा कमी आउने संकेत देखिएको छ । जिल्लाका अधिकांश ठाउँमा असिनापानीले गहुँबालीमा पुर्याएको क्षति तथा पहेलो सिन्दुरे रोगका कारण कमी हुने आँकलन गरिएको छ । विभिन्न समयमा परेको असीनाले गहुँमा क्षति पुर्याएसँगै उत्पादनमा कमी आउने कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख कर्णबहादुर चन्दले जानकारी दिनुभयो ।


जिल्लास्थित पुर्चौडी नगरपालिका र डिलासैनी गाउँपालिकामा असिनाले धेरै क्षति गरेको छ । गहँबालीसँगै अन्य अन्नबाली तथा तरकारी र फलपूmलमा समेत व्यापक क्षति पुर्याएको छ । यस्तै असिनाले पाटनसहित मेलौली नगरपालिका र सुर्नया गाउँपालिकाको केही क्षेत्रमा पनि क्षति गरेको स्थनीयले बताएका छन् । असिना परेको ठाउँमा ७५ प्रतिशत गहुँबाली नष्ट भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । बैतडीमा १७ हजार पाँच सय हेक्टर जमिनमा गहुँखेती गरिँदै आएको छ । गतवर्ष मात्र २४ हजार पाँच सय मेट्रिकटन गहुँ उत्पादन भएको थियो । तर केही दिनयता लगातर रुपमा परेको असिनासहितको वर्षाले लहरे तरकारीमा क्षति पुर्याएको छ । भर्खरै उम्रन लागेका तरकारीमा असिनाले क्षति पुर्याएको दशरथचन्द नगरपालिका १ का किसान कृष्णदत्त भट्टले जानकारी दिनुभयो । उम्रन लागेका काँक्रा, फर्सीलगायतका लहरे बालीमा बढी क्षति पुर्याएको स्थानीयको गुनासो छ । असिनाले तरकारीका बेर्नामासमेत क्षति पुर्याएको उनीहरुले बताएका छन् ।

