FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • विद्यार्थीले उत्पादन गरेको गोलभेँडाले बजार पाएन

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १७ पटक पढिएको
    Post Thumbnail

    टीकापुर पोलिटेक्निक इन्स्टिच्युटमा अध्ययनरत विद्यार्थीले उत्पादन गरेको गोलभेँडाले बजार नपाएर बारीमै सड्न थालेको छ । लकडाउनका कारण गोलभेँडाले बजार नपाएपछि विद्यार्थी चिन्तित भएका छन् ।

    इन्स्टिच्युट परिसरमै खेती गरेका उनीहरुको दैनिक पाँच क्विन्टल गोलभेँडा उत्पादन गर्दै आएका छन । पकेट खर्च निकाल्न खेती गरेका विद्यार्थीहरु अहिले निराश भएका छन् । विद्यार्थी कविता शाहीका अनुसार विभिन्न तरकारी खेती गरेकामध्ये यसवर्ष गोलभेडाले बजार नपाएको हो । हिउँदमा गरिएको अन्य तरकारीले भने बजार राम्रो पाएको विद्यार्थीहरुको भनाई छ । बाली विज्ञानतर्फ डिप्लोमा तहका विद्यार्थीले इन्स्टिच्युट परिसरकै छ बिघा जमीनमा तरकारी खेती गर्ने गरेका छन् । बाहिरी जिल्लाबाट टीकापुर पढ्न पुगेका विद्यार्थी खेतीपातीमा बढी सक्रिय भएका छन । विद्यार्थीहरुका अनुसार तरकारी खेतीबाट भएको आम्दानीले उनीहरुको पकेट खर्च र खाजा खर्च धानेको छ । यता शिक्षालय प्रमुख टेकेन्द्र थापाले भने कामकाजी विद्यार्थीहरुका लागि पोलिटेक्निकले विद्यार्थी कल्याण कोष स्थापना गरिदिएको बताउनुभयो । कृषि कर्मका लागि विद्यार्थीलाई आवश्यक जग्गा, बीउ, मल र प्राविधिक सहयोग पनि शिक्षालयले नै गरेको प्रमुख थापाको भनाई छ । तर आम्दानीको ४० प्रतिशत शिक्षालयको खातामा र ६० प्रतिशत आम्दानी काममा संलग्न विद्यार्थीलाई दिने गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित