
- Loading...
नेपालगन्जका तरकारी बजारमा कालोबजारी
- कृषि टि.भी.
- २ साल अघि
- १२ पटक पढिएको

मुलुकभर गरेको लकडाउनले नेपालगन्जका विभिन्न क्षेत्रमा कालोबजारी बढेको छ । उपमहानगर पालिकाको रानी तलाऊ तरकारीउपज बजारले तरकारीको मुल्य निर्धारण गरे पनि व्यापारीहरुले तरकारी बजारमै कालोबजारी गरेको खुलेको छ । व्यापारीहरुले रानी तलाऊ तरकारी बजारमा तरकारी खरिद गरी त्यही बजारमा ४० रुपैयाँसम्म मुल्यबृद्धि गरी बिक्रि गरेको पाईएको छ ।


उक्त बजारले दैनिक तरकारीको मुल्य निर्धारण गरी सार्वजनिक गर्ने गरेको छ । व्यापारीहरुले पनि सोही मुल्यमा तरकारी बिक्रि गर्नुपर्ने व्यवस्था छ । तर उक्त बजारमा स्थानीय भन्दा पनि भारतीय तरकारी बढी बिक्रि भैरहेको रानीतलाऊ तरकारीउपज बजार समितिका सदस्य मेराज कबडियाले बताउनुभयो । उक्त बजारमा बिक्रि हुने तरकारीमध्ये आधाजसो भारतबाटै आयत भएको उहाको भनाई छ । यता नेपालमा उत्पादन भएका तरकारी भने खेतमै कुुहिन थालेको छ । उनीहरुले उत्पादन गरेका तरकारी व्यापारीहरुले सस्तो मुल्यमा खरिद गरी उपभोक्तलालाई महंगोमा बिक्रि गरेको स्थानीय किसान रामकुमार बर्माले बताउनुभयो । कतिपय किसानहरुले भने आफैले तरकारी बिक्रि गर्न थालेका छन् । तर आफुले उत्पादन गरेको तरकारी बिक्रि नभएपछि उनीहरुले पशुआहारा बनाउन लागेको किसान बर्माले बताउनुभयो । तरकारी बजारले निर्धारण गरेको भिन्डी थोकमुल्य प्रतिकेजी ७० र खुद्रा मुल्य ८० रुपैयाँ रहेको छ । करेला थोकमुल्य प्रतिकेजी ४० र खुद्रा मुल्य ५० रुपैयाँ निर्धारण गरेको छ । यस्तै फर्सी थोकमुल्य ४० र खुद्रामुल्य ५०, लौका थोकमुल्य ४० र खुद्रामुल्य ५०, खुर्सानी थोकमुल्य ४० र खुद्रामुल्य ६० तथा कागती थोकमुल्य १ सय ६० र ख्ुद्रामुल्य २ सय रहेको छ । तर त्यही कागती तरकारी बजार भन्दा बाहिर व्यापारीले प्रतिकेजी ४ सय रुपैयाँमा बिक्रि गरेको पाईएको छ ।

