FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • मकैबारीमा फौजी किराको आक्रमण

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १७ पटक पढिएको
    Post Thumbnail

    मकैबारीमा फौजी किराले आक्रमण गरेपछि मोरंगका किसान हैरान भएका छन । केराबारी गाउँपालिकासहित विभिन्न स्थानका किसानको मकैमा अमेरिकन फौजी किराले आक्रमण गरेपछि अहिले किसान चिन्तित छन् । फौजी किराको आक्रमणले मकैबारी नै नष्ट गरिदिएको किसानको भनाइ छ । मकैको जरादेखि फलसम्म फौजी किराले छियाछिया पारिदिएको छ ।

    देशभर लकडाउनको चिन्ता भइरहेको बेला किसानलाई भने आफ्नै खेतीको चिन्ताले सताएको छ । भर्खर भुई छोड्दै गरेको मकै र तरकारी खेतीमा फौजीकीराको संक्रमण देखिएपछि यहाँका किसान चिन्तित देखिएका छन । केराबारी गाउँपालिका ८ का किसान भावनाथ आचार्यले फौजी किराले निकै दुस्ख दिएको चाहेको औषधि गाउँपालिकाले दिन नसकेको गुनासो गनुहुन्छ । किसान गोमा चपागाईले डेढ बिगामा लगाएका मकैमा देखिएको फौजी किराका कारण पिडित छन। वहाँ आफ्नो समस्या यसरी पोख्नु हुन्छ ।
    मेहनत गरेर लगाएको खेती धमाधम नष्ट हुँदै जान थालेपछि किसानलाई लकडाउनभन्दा पनि खेतीको चिन्ताले सताएको हो । त्यस्तै फौजि किराले सताएर किटनासक औसधि छर्किदै गर्नुभएका सोही गाउँपालिकाका किसान लक्ष्मी खत्री नजिक हामी पुग्यो । वहाँले आफ्नो पीडा यसरी पोख्नु भयो । लक्ष्मी खत्री पदम बहादुर भट्टराईले १० कठामा लगाएको मकैमा पनि यस्तै छ तर पिडित किसानको मर्म बुझ्ने कोहि छैन वहाँ अगाडि भन्नुहुन्छ । मकैमा देखिएको फौजी किराको प्रकोपले स्थानीय गाउँपालिका समेत चिन्तित छन । किसान दैनिकरुपमा जनप्रतिनिधिकोमा गुनासो लिएर आउँछन् । तर, देशको विषम परिस्थिति र लकडाउनले पालिकासँग फौजी किराको औसधि पर्याप्त मात्रामा वितरण गर्न सकिरहेको छैन। किसानको दुःख हेर्नु बाहेक अर्को विकल्प नदेखिएको गाउँपालिका उपाध्यक्ष शान्ति लिम्बु बताउनुहुन्छ । अमेरिकन फौजी किराको पीडाबाट केराबारी गाउँपालिकाको कृषकको पिडा मात्र होइन । नेपालका धेरै ठाउँका किसान समेत बालीमा लाग्ने फौजी किराबाट चिन्तित छन ्। फौजी किराले तत्काल नियन्त्रण गर्न नसके बालीलाई क्षति त् गर्छ नै अर्को तर्फ भने यसले कृषि उत्पादनमा निकै कमि लाउन सक्छ । पहिलो चरणमा कृषि प्राविधिक र किसानलाई राखेर विज्ञबाट यसबारे तालिम दिन जरुरि छ । यसको व्यवस्थापनका लागि सबै सरोकारवाला जुट्नुपर्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित