- Loading...
वीरगञ्जमा वितरण गरिएको राहतको चामल गुणस्तरहीन
- कृषि टि.भी.
- २ साल अघि
- १२ पटक पढिएको

वीरगञ्ज महानगरपालिका १४ मा विपन्न नागरिकलाई वितरण गर्न लगिएको चामल गुणस्तरहीन पाइएको छ । बुधबार वितरणका लागि महानगरपालिकाले न्यू बोलबम राइस मिल र सुरज खाद्य स्टोरबाट ल्याएको नौ सय ५० किलो चामलमध्ये केही बोरा डल्लो परेको भेटिएको हो ।


राहत वितरण गर्न प्याकिङ गर्ने क्रममा चामलको बोरामा डल्ला भेटिएको छ । बिन्दवासिनी ब्राण्डको बोरामा ६ महिनासम्म खानयोग्य भनिए पनि उत्पादन मिति उल्लेख नभएको र तौल पनि कम रहेको छ । ९ सय ५० बोरा चामलमध्ये केही बोरा खोलेर हेर्दा गुणस्तरहीन देखिएको वडा अध्यक्ष भरतप्रसाद कुर्मीले बताउनुभयो । प्याकिङ गराउन खोज्दा नयाँ पुराना चामल मिसिएको तथा डल्ला परेको चामल देखिएको छ । महानगरपालिकाले टेण्डर आह्वान गरी राहत वितरणका लागि चामल खरिद गरेको थियो । तर कुहिएको चामल पठाइएकोबारे अनुसन्धान नै नगरी बदमासी गर्नेलाई उन्मुक्ति दिन खोजिएको छ । जनप्रतिनिधि स्वयं नै साढे ४ सय क्विन्टल चामलमा थोरै खराबी त आइहाल्छ भन्ने जस्ता अभिव्यक्ति दिइरहेका छन् । वीरगञ्जमा गुणस्तरहीन चामल भेटिए पनि अनुसन्धान नगरी चामल फिर्ता पठाई अर्को ल्याउने गरिएको छ । यसअघि पनि एक ट्रक चामल फिर्ता पठाएको वीरगञ्ज महानगरपालिकाका अधिकारीले बताएका छन ।

