- Loading...
गरिमा पीडितलाई राहतका लागि बजेट निकासा
- कृषि टि.भी.
- २ साल अघि
- १२ पटक पढिएको

गरिमा धानको बिऊमा भएको क्षतिको राहतका लागि अर्थमन्त्रालयले कोष तथा लेखा नियन्त्रण कार्यालयमा बजेट पठाएको छ । १३ जिल्लाका ६० पालिकाका लागि मन्त्रालयले ३ करोड ४४ लाख रूपैयाँ पठाएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिनुभयो । तर मन्त्रालयले बजेट पठाएपनि विश्वभर फैलिएको कोराना भाइरसले गर्दा तुरून्तै किसानलाई दिन नसकिने बताइएको छ ।


कोरोना भाइरस निर्मुल भएपछि प्रत्येक किसानलाई लागतको २० प्रतिशतका दरले रकम दिइने भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गत फागुनमा गरिमाको बीऊमा क्षति पुगेका किसानलाई लागतको २० प्रतिशत रकम दिने निर्णय गरी अर्थमन्त्रालयमा पत्र पठाएको थियो । सोही अनुसार अर्थले कोलेनिकामा बजेट पठाएको हो । लामो समयसम्म पनि गरिमा धानमा बाला नलागेपछि किसानहरूले उजुरी गरेका थिए । उक्त उजुरीको आधारमा मन्त्रालय अन्तर्गत नेपाल कृषि अनुसन्धान परिषद्ले धानको परिक्षण गरेको थियो । त्यसयता मन्त्रालयले तत्काल बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रको संयोजकत्वमा क्षतिपूर्ति समिति गठन गरेको थियो । गठित क्षतिपूर्ति समितिले किसानको उत्पादन लागत खर्चका आधारमा १७ करोड र परिमाणका आधारमा २३ करोड रुपैयाँ क्षति भएको सिफारिस गरेको थियो ।

