FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • पश्चिम नवलपरासीको मकैमा व्यापारीको आकर्षण

    • कृषि टि.भी.
    • २ साल अघि
    • १० पटक पढिएको
    Post Thumbnail

    लकडाउन सुरु भएसँगै पश्चिम नवलपरासीका मकै खेती गर्ने किसान चिन्तित बनेका थिए । लकडाउनले खेतमा तयार भएका मकै बाहिर पठाउन नसकिने भन्दै उनीहरु चिन्तित बनेका हुन । तर लकडाउनपछि पनि धमाधम मकै बिक्री हुन थालेपछि उनीहरु मकैप्रति उत्साहित भएका छन् ।

    लकडाउनमा पनि स्थानीय बजारहरुबाट मात्र नभई बुटवल, भैरहवाबाट समेत मकै खरिद गर्न गाडी नै लिएर व्यापारीहरु किसानको खेतमै पुग्ने गरेका छन् । अहिले बिक्रीका लागि कुनै समस्या नरहेको किसानहरुको भनाई छ । जिल्लाको बर्दघाट नगरपालिकासहित सबै स्थानीय तहले नगदे बालीका रुपमा मकै लगाउने गरेका छन् । पहिला भारतको ठूठीबारी, बर्गदवा, निचलौल लगायतका स्थानबाट मकै खरिद गर्न आउने गरेका थिए । तर लकडाउनका कारण भारततर्फ नगए पनि स्थानीय बजार र छिमेकी जिल्लाबाट आउनेले नै सबै मकै लिएर जाने गरेको किसानको भनाई छ । नगरक्षेत्रका जहदा गाउँ मकै खेतीका लागि पकेट क्षेत्रकै रुपमा लिएको छ । त्यहाँका अधिकांश किसानहरु व्यवसायीक मकै खेतीमा लागेका छन् । करिब २० हेक्टर जमिनमा सामुहिक तथा व्यक्तिगत रुपमा मकै खेति गरिएको छ । व्यवसायीक खेती नगर्नेहरुले पनि आ–आफ्नो खेतमा मकै लगाएका छन् । त्यसले उनीहरुको दैनिकी चलाउन मद्दत पुगेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित