FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • खेतीको सिजनमै मल तथा बीउको समस्या

    • कृषि टि.भी.
    • २ साल अघि
    • ८ पटक पढिएको
    Post Thumbnail

    धनगढीका किसानले लकडाउनमै गहुँबाली भित्राएका छन । तर धानको बेर्ना राख्न बीउ तथा मल पाउन नसकेको उनीहरूको गुनासो छ । दिनदिनै किसान मल र बीउका लागि धाउन थालेको किसान बहुउद्देश्यीय सहकारी संस्था प्रतापपुरका जग्गुनारायण चौधरीले बताउनुभयो ।

    यता सहकारीले पनि कृषि सामाग्री कम्पनी लिमिटेडबाट मल र बीउ ल्याएर किसानलाई बेच्ने गरेको बताइएको छ । अहिले कम्पनीले नै नदिएको कारण किसानलाई त्यस्ता सामाग्री दिन नसकेको सहकारीको भनाई छ । धानको बीउ राख्ने बेलामा पानी परे पनि सहकारी र बजारमा बीउमल नपाइएको थापापुरका किसान सुनिल कठरियाको भनाइ छ । कृषि सामाग्री कम्पनीले कैलालीलाई चाहिने जति मल र बीउ कहिल्यै आपूर्ति गर्न नसकेको उनीहरुको भनाइ छ । यसअघि सामान्य परिस्थितिमा किसानहरुले बीउ तथा मल स्थानीय बजारबाट खरिद गर्दै आएका थिए । तर अहिले मुलुकभरका लकडाउनले त्यो पनि संभव नभएको स्थानीयको गुनासो छ । पछिल्लो समय कृषि प्रयोजनका लागि लकडाउन खुकुलो पारिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिनुभयो । कृषि प्रयोजनका लागि डिजेल, मल र बीउ लैजान पाउने व्यवस्थासमेत मिलाएको छ । कैलाली र कञ्चनपुरका लागि मात्रै धानको बीउ करिब ४ हजार मेट्रिकटन आवश्यक रहेको बताइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित