- Loading...
बीउ उत्पादन गर्ने कम्पनी र किसानलाई अनुदान
- कृषि टि.भी.
- २ साल अघि
- १३ पटक पढिएको

सरकारले बीउ उत्पादन गर्ने कम्पनी र किसानलाई अनुदान दिने तयारी थालेको छ । बीउबिजनमा किसानलाई प्रोत्साहन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले काम सुरु गरेको हो । मुलुकमा निजी कम्पनी तथा सहकारीमार्फत बीउ उत्पादन हुदै आएको छ । मन्त्रालयले तिनै उत्पादक र वितरकलाई अनुदान दिने योजना बनाएको हो । मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीका अनुसार अनुदानका लागि मोडालिटी तयार भएको छ । गुणस्तरीय बीउ उत्पादन गर्न सरकारले राष्ट्रिय बीउबिजन नीति २०५६ पनि जारी गरेको छ । उक्त नीतिको उद्देश्य गुणस्तरमा उपलब्ध गराउने रहेपनि बजारमा पर्याप्त गुणस्तरीय स्वदेशी बीउ उपलब्ध हुन सकेको छैन । यता लक्ष्य हासिल गर्न अनुुदान आवश्यक रहेको बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख मदन थापाले बताउनुभयो । तर बीउले प्राथमिकता नपाउँदा बीउ उत्पादकसँगै किसानले अनुदान नपाएको हो । सरकारले युरिया, डीएपी, पोटासलगायत रासायनिक मलमा अनुदान दिँदै आएको छ । युरियामा करिब ७० प्रतिशतसम्म अनुदान छ । मलसरह बीउमा पनि अनुदान अत्यावश्यक भएको केन्द्रका प्रमुख थापाको भनाई छ । बीउमा प्रतिकिलो १२ देखि १५ रुपैयाँ अनुदान दिँदा किसान आकर्षित हुने जानकारहरुको भनाई छ ।


