- Loading...
गाउँ फर्किएका युवाहरुले बाँझो जमीनमा हरियाली
- कृषि टि.भी.
- २ साल अघि
- १३ पटक पढिएको

कोरना भाइरस सङ्क्रमणबाट जोगिन देशव्यापी रुपमा लकडाउन गरेपछि युवाहरु गाउँ फर्किएका छन । वर्षौँदेखि बाँझो रहेको जमीनलाई उनीहरुले हरियाली बनाउन शुरु गरेका छन् । अध्ययन, रोजगारी, व्यवसाय वा अन्य अवसरको खोजीमा गाउँ छाडेर शहर वा परदेश पसेकाहरु अहिले धमाधम गाउँ फर्किएका हुन । उनीहरुले गाउँमा बाँझिएका जमीन र खोरिया खर्कमा परिश्रम गरिरहेका छन् ।


म्याग्दीको बेनी नगरपालिका, मालिका, मङ्गला, धवलागिरि, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाका खोरिया र बाँझो रहेका जमीनमा अहिले शहर तथा विदेशबाट गाउँ आएका युवाहरुले केरा, फलफूल र तरकारी लगाएका छन् । कतिपय ठाउँहरुमा वर्षौँदेखि बाँझिएर रहेका खोतीयोग्य जमीनमा युवाहरुले मकैका बिरुवा उमारेका छन् । काठमाडौँ बागबजारस्थित एक पुस्तक पसलमा काम गर्ने म्याग्दीको कुइनेका शुक्रराज रसाइली लकडाउनको कारण गाउँमा फर्किएर वर्षौँदेखि बाँझिएको बारीमा खनजोत गर्न व्यस्त हुनुभएको छ । यस्तै काठमाडौँको गोङ्गबुमा होटल व्यवसाय गर्ने बेनी नगरपालिका–२ का गणेश थापा गाउँमा फर्किएको एक महिनाभन्दा बढी भयो । सोही अवधिमा उहाँले १४ रोपनी पाखोबारीमा २०० बढी केराको बिरुवा लगाई सक्नुभएको छ । यता सानालेखको दुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक खिमबहादुर कार्कीले विद्यालय बन्द भएको अवसरलाई सदुपयोग गरी २० रोपनीभन्दा बढी क्षेत्रफलको खोरिया फाँडेर ५०० भन्दा बढी केराका बिरुवा लगाउनुभएको छ ।

