
- Loading...
अर्घाखाँचीमा तरकारीको मूल्य निर्धारण
- कृषि टि.भी.
- २ साल अघि
- ७ पटक पढिएको

लकडाउनका बेला तरकारीको मुल्य चर्को भएको गुनासो आएपछि मूल्य निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालय सन्धिखर्कमा भएको सर्वपक्षीय छलफलबाट मूल्य निर्धारण गरिएको हो । थोक बजारमा तरकारीको भाउ महंगिएको भन्दै सन्धिखर्कका व्यापारिले चर्को मुल्य असुल्दै आएका थिए ।


जिल्ला प्रशासन कार्यालय र तरकारी व्यापारीबीच खरिद र ढुवानीसहितको मुल्यमा अधिकतम २० प्रतिशत फाइदा राखी बेच्ने सहमति भएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेले बताउनुभयो । अन्य तरकारीमा पनि खरिद मुल्यको अधिकतम २० प्रतिशत फाइदा राखी खरिद बिक्री गर्नुपर्ने भएको छ । टमाटर दुई दिन अघिसम्म ८० देखि १०० रुपैयाँ प्रतिकिलो बिक्री हुँदै आएको थियो । २५ रुपैयाँ थोकमा किनेर व्यापारीले अश्वभाविक रुपमा मुल्यबृद्धि गरी उपभोक्ता ठगिरहेका छन । सोही निर्णयपछि टमाटरको मुल्य थोकमा ३० रूपैयाँ र खुद्रा ४० रूपैयाँमा बेच्नुपर्ने भएको छ । कोरोना भाइरसका कारण गरिएको लकडाउनले तरकारीको अभाव भएपछि अर्घाखाँचीमा कपिलबस्तुबाट तरकारी ल्याइएको छ । पहिलो चरणमा ब्रोकाउली, बन्दा, टमाटर, गाजर, लौकासहित खुर्सानी, सीमीलगायतको तरकारी जिल्लामा भित्राइएको तरकारी व्यवसायी संघ अर्घाखाँचीका अध्यक्ष रामहरी घिमिरेले बताउनुुभयो । कोरोना कारण भारत तथा अन्य जिल्लाबाट आउने तरकारी तथा फलफूल आयात रोकिएको केही दिनमै बजारमा स्थानीय उत्पादनले धान्न नसकेको हो ।

