
- Loading...
कृषि उद्योगमा व्यवसायी निराश
- कृषि टि.भी.
- ३ साल अघि
- १७ पटक पढिएको

लाखौँ लगानी गरेर कृषि पेशामा लागेका कतिपय युवाहरुको सपना अस्ताउदै गएको छ । त्यस्ता युवाहरुमध्ये कतिले बैदेशिक श्रमबाट लगानी जुटाएका छन भने कतिले बैंकको ऋणबाट व्यवसाय सञ्चालन गरेका छन । तर मुलुकभरको लकडाउनले उनीहरुको व्यवसाय अहिले संकटमा परेको छ ।


बर्दियाको बढैयाताल गाँउपालिका वडा नं. ५ का सेवकराम थारुले ३ बर्ष विदेशमा दुख गरेर कमाएको रकम स्वदेशमै लगानी गर्ने सपना बोकेर घर फर्किएका थिए । कृषिमा सरकारी अनुदान पाउने आशमा आफ्नै लगानीमा २ बर्ष अघि बढैयाताल पशुपंन्छी तथा एग्रो फार्म सञ्चालन गर्नुभएको छ । तर अहिलेसम्म कुनै निकायबाट अनुगमन समेत नभएको उहाको गुनासो छ । यता आफुले पशुसम्बन्धी कुनै तालिम पनि नपाएको किसान थारुको दुखेसो छ । उहाको फार्ममा अहिले परिवारका ४ जनासहित अन्य एक जनाले रोजगारी समेत पाएका छन । यसअघि मासिक एक लाख पच्चास हजारको कारोवार भैरहेको व्यवसायमा लकडाउने आम्दानीमा समस्या भएको किसान थारुले बताउनुभयो । किसान थारुले ८ औटा भैसीबाट शुरु गरेको फार्ममा अहिले २० ओटा गाई भैसी पुगेको छ । उहाको फार्ममा उत्पादित दुधले बजार नपाउदा अहिले गाउँमा बाड्नुपर्ने बाध्यता छ । यस्तै कृषिमा केही गर्ने सपना बोकेर काठमाण्डौँदेखि आउनुभएको कमला विष्टको पनि समस्या उस्तै छ । उहाँले बाँकेको बैजानाथ गाँउपालिका वडा नं.२ पहाडीपुरमा लक्ष्यदिप पशुपालन फार्म सञ्चालन गर्नुभएको छ । तर व्यवसायले गति नलिदै लकडाउनका कारण समस्या थपिएको छ । करिव ३ करोड रुपैया बैक तथा सहकारी सस्थाबाट ऋण लिएर फार्म सञ्चालन गर्नु भएका उहालाई अहिले ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताएको छ । तर सरकारले आफुजस्ता व्यवसायीलाई अनुदान नदिएपनि २ प्रतिशत व्याजदरमा ऋण दिए व्यसायलाई अझै बढाउने उहाँको भनाई छ । यता सरकारले कृषि कर्जाका लागि दूई प्रतिशत व्याज अनुदानमा किसानलाई ऋण दिने बताएको छ । तर किसानले भने बैंक तथा वित्तिय संस्थाबाट १४ देखि २० प्रतिशतसम्म व्याजमा ऋण लिएका छन् । त्यस्ता बैकं तथा वित्तिय संस्थाको चर्को व्याजदरबाट सञ्चालन गरिएको मुलुकभरका कृषि व्यवसाय भने यतिबेला लकडाउनले धरासयी बनेको छ ।

