FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण

    • कृषि टि.भी.
    • ३ साल अघि
    • ३३ पटक पढिएको
    Post Thumbnail

    सिन्धुलीको तीनपाटन गाउँपालिकाले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउ वितरण गर्ने भएको छ । भूगोल र माटो सुहाउँदो धानको बीउ वितरण गरी उत्पादनमा वृद्धि गर्ने उद्देश्यले बीउ दिन लागिएको हो ।

    गाउँपालिकाकी उपाध्यक्ष पदममाया तामाङले आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक गाउँसभाबाट स्वीकृत तेस्रो चौमासिक कार्यक्रम अन्तर्गत किसानलाई उन्नत जातको धानको बीउ वितरण गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार पूरै अनुदानमा किसानलाई दिए त्यसको सदुपयोग नहुने भन्दै आधा मूल्यमा बीउ दिन लागेको बताइएको छ । यतिबेला गाउँपालिकाको कृषि शाखा लाम्पान्टारबाट अनुदानको बीउ वितरण भइरहेको छ । आफूलाई पायक पर्ने कृषि प्राविधिक, गाउँपालिकाको कृषि शाखा तथा ११ वटै वडा कार्यालयमा सम्पर्क गरी बीउ लिन पनि गाउँपालिकाको आग्रह छ् । यता मागको आधारमा किसानलाई बीउ वितरण गरिने पनि गाउँपालिकाले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित