FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • तरकारीको भाउमा पुनः कालोबजारी

    • कृषि टि.भी.
    • २ साल अघि
    • १२ पटक पढिएको
    Post Thumbnail

    लकडाउनको मौका छोपेर इलामका व्यवसायीले तरकारीको भाउमा कालोबजारी गरिरहेका छन् । चोरबाटो हुँदै तराईका बजारबाट रातारात तरकारी ल्याएर व्यापारीले साविकभन्दा तेब्बर मूल्यमा बिक्री गरिरहेको पाएको छ ।

    सदरमुकामका पसलमा अहिले कुनै पनि सामाग्रीको मूल्यसूची नराखेसँगै चामल, तेल, दाल, चिनीलगायत अत्यावश्यक खाद्यवस्तुको मूल्यसमेत बढेको छ । अत्यावश्यक सामाग्री ढुवानी गर्ने सवारी साधन चल्न छुट दिइए पनि अनेक बहानामा व्यापारीले मूल्यबृद्धि गरेको उपभोक्ताको गुनासो छ । लकडाउनका कारण सहरदेखि गाउँसम्म सवारी साधन ठप्प हुँदा गाउँमा किसानले उत्पादन गरेको तरकारी बारीमै कुहिएको छ । यता कोरोना भाइरसको जोखिमबाट बच्न तराईका बजारबाटसमेत तरकारी ल्याउन रोक लगाइएको छ । तर अवैध रुपमा तराईबाट ल्याइएको तरकारीमा पनि व्यापारीले अचाक्ली मूल्य लिइरहेको उपभोक्ताले बताएका छन । साविकमा १५ देखि २० रूपैयाँमा विक्री भइरहेको सागको भाउ अहिले ४० रुपैयाँ पुगेको छ । प्याज प्रतिकिलो ६० देखि ७०, टमाटर प्रतिकिलो ३०, आलु प्रतिकिलो ३० देखि ४५, हरियो सिमी ५० देखि ७०, भिण्डी १ सय ४० देखि २ सय पुगेको छ । अहिले चामलसमेत किलोमा ५ रूपैयाँसम्म बढाइएको पाइएको होटल एसोसिएसनका जिल्ला अध्यक्ष देवी पौडेलले जानकारी दिनुभयो । लकडाउन यता तरकारीमा चाहिँ उपभोक्ताले सबैभन्दा ठूलो मार खेप्नुपरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित