FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • लकडाउनमा अण्डाको उपभोग बढी

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २४ पटक पढिएको
    Post Thumbnail

    कोभिड–१९को जोखिम हुन नदिन जारी लकडाउनमा अण्डाको उपभोग बढी भएको पाइएको छ । शुरुका दिनमा अण्डा बिक्री गर्न केही कठिन भएपनि मूल्य घटाएर बिक्री गरेसँगै त्यसको भण्डारण गर्नुपर्ने अवस्था नआएको किसानहरुले बताएका छन । ढुवानीमा अलमल हुँदा मूल्य घटेर प्रतिक्रेट १५० सम्ममा झरेको अण्डाको मूल्य अहिले २७० पुगेको छ ।

    पछिल्लो समय अण्डा व्यवसायीले प्रतिक्रेट २७० रुपैयाँमा फार्मबाट अण्डा उठाएको किसान मदन पोखरेलले जानकारी दिनुभएको छ । उहाका अनुसार अहिले किसानका गोदाममा अण्डा सकिएको छ । यता नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले अण्डाको उत्पादन कम भएकाले भण्डारण गरेर राख्नु नपरेको जानकारी दिनुभयो । लकडाउनमा घर बस्नेहरुले अण्डाको उपभोग निकै बढाएको संघको भनाई छ । यसअघि दुई चार वटा अण्डा खरिद गर्ने उपभोक्ताले क्रेटबाटै किन्ने गरेको संघले जनाएको छ । लकडाउन अघिसम्म दैनिक ३५ लाख गोटाको हाराहारीमा अण्डा उत्पादन हुने गरेकोमा यतिबेला घटेर २५ लाखको हाराहारीमा झरेको अध्यक्ष केसीको भनाई छ । दाना खुवाउन कठिन हुने र अण्डा बिक्री गर्न नसकिने भएपछि अण्डाको उत्पादन घटेको बताइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित