- Loading...
हिँउदे मकै खेतीतर्फ गुल्मीका किसान आकर्षित
- कृषि टि.भी.
- ३ साल अघि
- २५ पटक पढिएको

गुल्मीका किसान हिँउदे मकै खेतीतर्फ आकर्षित भएका छन् । बेमौसमी सिजनमा उत्पादन गरेको हरियो मकैको घोगा बिक्न थालेसँगै किसानहरु त्यसतर्फ आकर्षित भएका हुन् । कोरोना भाइरसको संक्रमणबाट सतर्कता अपनाउन गरिएको लकडाउनको समयमा पनि हरियो मकै बिक्री भएपछि किसानहरु उत्साहित भएका छन् ।


जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मकै जोन कार्यक्रम लागु भएपछि हिँउदे मकैखेतीको विस्तार गरिएको हो । इस्मा गाउँपालिका २ रातडाडाकी किसान कोपिला जिसीका अनुसार हिँउदे मकै राम्रो उत्पादन हुन थालेकाले त्यसको खेतीलाई निरन्तरता दिएको बताइएको छ । यता परियोजनाले जिल्लास्थित इस्माको राताडाँडा, गुर्वाखोला, चौरासी र मालिका गाउँपालिकाको सिमलटारी क्षेत्रमा हरियो मकै उत्पादनका लागि हिँउदे खेतीको शुरुवात गरेको छ । किसान जिसीले अघिल्लो वर्ष २ रोपनी क्षेत्रफलमा हरियो मकै लगाएकोमा यसवर्ष ५ रोपनी क्षेत्रफमा हरियो मकै लगाउनु भएको छ । कात्तिकको अन्तिम हप्ता रोपिएको मकैको घोगा अहिले बेच्न थालेको स्थानीयको भनाइ छ । रातडाडामा उत्पादन भएको मकै तम्घास र स्थानीय गाउँमै खपत हुने गरेको उनीहरुले बताएका छन । अहिले किसानले हरियो मकै प्रतिघोगा १५ रुपैयाँमा बेच्दै आएका छन् ।

