- Loading...
मुगुका किसानलाई जौं काट्ने चटारो
- कृषि टि.भी.
- २ साल अघि
- १५ पटक पढिएको

सरकारले मुलुकभर लकडाउन गरेपनि मुगुका किसानलाई खेतबारीमा लगाएको जौं काट्ने चटारो छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गएको चैत्र ११ गतेदेखि लकडाउन गरेको छ । अघिल्ला वर्ष कार्तिक महिनामा खेतबारीमा छरेको जौं वैशाख महिनाको दोस्रो सातासम्ममा किसानले भित्र्राइसक्थे । तर यसवर्ष भने लकडाउनका कारण वैशाख तेस्रो साता बितिसक्दा पनि जौं भित्राउन चहलपहल भएन ।


लकडाउन खुलेपछि मात्र जौं भित्राउने आशमा बसेका उनीहरु लकडाउन लम्बिएसँगै जौं काट्ने चटारोमा छन् । छाँयानाथ रारा नगरपालिका ४ कि किसान ठेकबहादुर रोकायाका अनुसार लकडाउन खुल्ने छाटकाट नभएपछि अहिले किसानलाई जौ काट्न हतार भएको छ । यता लगातारको वर्षाले यसवर्ष समयमै जौं पाक्न नसकेको स्थानीयको भनाई छ । वर्षाले जौं पाक्न नपाएपछि पशु चौपायाका लागि भएपनि काट्न सुरु गरेको स्थानीय प्रकाश रोकायाले जानकारी दिनुभयो । कृषि ज्ञान केन्द्र मुगुका प्रमुख केबी रोकायाका अनुसार यसवर्ष चिसो नघटेका कारण समयमै हिउँदेबाली पाक्न नसकेको हो ।। अघिल्लो वर्ष यस समयमा धान तथा कोको बेर्ना तयार हुने गरेको थियो ।

