FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बाँझो जग्गा सदुपयोग गर्दै तनहुँको शुक्लागण्डकी

    • कृषि टि.भी.
    • २ साल अघि
    • १४ पटक पढिएको
    Post Thumbnail

    तनहुँको शुक्लागण्डकी नगरपालिका क्षेत्रका बाँझो जग्गा सदुपयोग गर्न अभियानकै रुपमा शुरु गरिएको छ । कोभिड–१९बाट सुरक्षित हुन नेपाल सरकारले गरेको लकडाउनका कारण जनजीवन प्रभावित हुँदै गएपछि बाँझो जग्गा नराख्ने अभियान शुरु भएको हो ।

    उक्त अभियान अन्तर्गत शुक्लागण्डकी– ८ ले लगानीको ५० प्रतिशत अनुदान प्रदान गरी अभियान शुरु गरेको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बताउनुभयो । सोही वडास्थित लालीममा रहेका सात रोपनी सार्वजनिक जग्गामा सामूहिक तरकारी खेती शुरु गरिएको छ । वडा कार्यालयसँग समन्वय गरी कम्तीमा तीन रोपनी क्षेत्रफलमा तत्काल छोटो समयमा उब्जनी गर्न सकिने किसिमका तरकारी सामूहिक वा व्यक्तिगत तवरले व्यावसायिक रुपले खेती गर्ने कृषक समूह वा व्यक्तिलाई कुल लगानीको ५० प्रतिशत अनुदान दिने व्यवस्था गरिएको छ । यस्तै तीन रोपनी भन्दा कम क्षेत्रफलमा आफ्नो व्यक्तिगत प्रयोजनका लागि खेती गर्ने किसानलाई टोल विकास संस्थामार्फत निःशुल्क बीउबिजन वितरण गरिने वडाध्यक्ष रेग्मीले बताउनुभयो । सोही वडाको लालीमस्थित तीनटोल र संगमटोलद्वारा कृषक समूह गठन गरी सामूहिक तरकारी खेती गर्न लागिएको अन्नपूर्ण टोलविकास संस्थाका अध्यक्ष रमेश महतले जानकारी दिनुभयो । १२ वडा रहेको नगरपालिकाको अन्य वडाहरुमा समेत उक्त अभियान चलाउन लागेको शुक्लागण्डकीका उपप्रमुख सविता रसाइलीले जानकारी दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित