FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सुदूरपश्चिम प्रदेशमा रासयनिक मल आपुर्तिमा कमी

    • कृषि टि.भी.
    • २ साल अघि
    • १७ पटक पढिएको
    Post Thumbnail

    खेती लगाउने मौसम सुरु हुँदा किसानलाई मल खरिदमा घण्टौं समय लाइनमा बस्नुपर्ने बाध्यता छ ।
    सुदूरपश्चिम प्रदेशमा आवश्यकता भन्दा झन्डै आधा कम रासायनिक मल आउँदा प्रत्येक वर्ष त्यही समस्या स्थानीयले भोगिरहेका छन ।

    सुदूरपश्चिममा १ लाख २० हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिदै आएको छ । कृषि विकास निर्देशनालय प्रमुख यज्ञराज जोशीका अनुसार त्यस क्षेत्रका किसानले आवश्यकता भन्दा कम मात्रामा मल पाइरहेका छन । प्रदेशमा धान खेतीका लागि १५ देखि १८ हजार टन रासायनिक मल आवश्यक पर्ने गरेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । त्यसमध्ये १२ देखि १४ हजार टन मात्रै आइरहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । वर्ष दिनलाई ३० देखि ३५ हजार टन मल आवश्यक भएपनि अहिले २० देखि २५ हजार टन मात्रै आइरहेको मन्त्रालयका प्रवक्ता खगेन्द्र शर्माले जानकारी दिनुभएको छ । तर अहिले वर्षे खेतीका लागि त्यसको आधा मल आवश्यक रहे पनि आवश्यक्त भन्दा झण्डैँ आधा बढी मल आइरहेको मन्त्रालयको दावी छ । यता किसानहरुको माग भने प्रत्येक वर्ष बढ्दै गएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित