FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • नगदे तथा मौसमी खेती गर्ने किसानलाई ८० प्रतिशत अनुदान

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २४ पटक पढिएको
    Post Thumbnail

    सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगदे तथा मौसमी खेती गर्ने किसानलाई ८० प्रतिशतसम्म अनुदान दिने निर्णय गरेको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण देश लामो समय बन्दाबन्दीमा रहँदा कृषि क्षेत्र प्रभावित भएको भन्दै चालू आर्थिक वर्ष नगदे बाली तथा मौसमी खेती गर्ने किसानलाई अनुदान दिने भएको हो ।

    लकडाउनका कारण विभिन्न बालीको खेती गर्न बिउबिजन तथा मल प्राप्त गर्न कठिनाइ हुने किसानलाई विभिन्न तालिम, गोष्ठी तथा आन्तरिक भ्रमणलगायतमा चालू खर्चतर्फको बजेट विनियोजिन गरेको छ । यस्तै नगर तथा वडा तहका योजना कटौती गरी किसानलाई अनुदान दिन लागेको नगरपालिकाले जनाएको छ । यता धान, मकै, बोडी, फर्सी तथा लौकासहित सिमी, चिचिन्डा, घिरौँला लगायतका सिजनल तरकारी बालीका बिउ बिजनमा ८० प्रतिशत अनुदान दिने निर्णय भएको नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित