FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कैलाली–कञ्चनपुरका किसानलाई धानको बीउ वितरण

    • कृषि टि.भी.
    • २ साल अघि
    • ११ पटक पढिएको
    Post Thumbnail

    कैलाली–कञ्चनपुरका किसानलाई ५० प्रतिशत अनुदानमा ५०० मेट्रिकटन धानको बीउ वितरण शुरु गरिएको छ । धानको बीउ राख्ने समय नजिकिँदै गर्दा किसानलाई सहजता प्रदान गर्न कृषि ज्ञान केन्द्र कञ्चनपुरले बीउ वितरणको व्यवस्था मिलाएको हो ।

    दुवै जिल्लाका २० स्थानीय तहका सहकारी र समूहमार्फत बीउ वितरणको व्यवस्था मिलाएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्टले बताउनुभयो । सहकारी तथा समूहलाई बिलका आधारमा धानको बीउ खरिद र ढुवानी गरेवापतको रकम भुक्तानी गरिने केन्द्रले जनाएको छ । बन्दाबन्दीका बेला किसानको घरमै सेवा पु¥याउन सहकारी र समूहमार्फत बीउ खरिददेखि वितरणको काम भइरहेको केन्द्रले जनाएको छ । किसानलाई सर्जु ५२, राधा–४, सावाँ मन्सुली, सावित्री, राधा–१४, बहुगुणीलगायत जातका धानको बीउ छनौट गरी वितरण गरिएको छ । भुगोल र उत्पादनका आधारमा बीउ गर्न सिफारिस गरिएको बाली विज्ञहरुले बताएका छन । प्रत्येक पालिकालाई २५० क्विन्टलका दरले धानको बीउ दिन बजेट परिचालन गरिएको छ । सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयबाट बीउ खरिद गर्न एक करोड बजेट प्राप्त भएको छ । वितरण गरिएको बीउबाट १० हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने र १० हजार बढी किसान लाभान्वित हुने कार्यालय प्रमुख भट्टले बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित