- Loading...
बन्दकोभी बिक्री नभएपछि २० लाख बरावरको क्षति
- कृषि टि.भी.
- ३ साल अघि
- २० पटक पढिएको

लम्बिदै गएको लकडाउनले मुलुकभरका विभिन्न क्षेत्रमा प्रभाव परेको छ । त्यसमध्ये पनि सबैभन्दा बढी कृषि क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको देखिएको छ । सरकारले खाद्यान्न तथा तरकारीसहित अतिआवश्यक पसल खोल्न दिने निर्णय गरेको छ । तर किसानहरुले त्यस्ता पसलसम्म आफुहरुले उत्पादन गरेका कृषि उपज पुर्याउन नसक्दा बारीमै सडेको छ ।


नेपालगन्ज उपमहानगरपालिका १६ नं. वडा जैसपुरका बाली विकास कृषक समुहका किसानहरुले उत्पादन गरेको २ हजार क्वीन्टल बन्दकोभी बिक्रि नभएपछि खेतमै कुहिन थालेको छ । लकडाउन बीचमा आफना तरकारी बिक्रि गर्न छिमेकी पालिका खजुरा पुर्याउदा, सोही पालिकाको १ नं. वडाका वडाअध्यक्षले फर्काई दिएको किसान मुनिर अहमदले जानकारी दिनुभयो । किसान अहमदले १० विगाहा जमिनमा २० लाख वरावरको बन्दकोभी उत्पादन गरेपनि लकडाउनले बिक्री नहुँदा लगानी र पसिना खेतमै पोखिएको उहाले बताउनुभयो । यस्तै उपमहानगरस्थित सोही वडाका मोहयदिन कबडियाले पनि २० विगाहा जमिनमा तरकारी खेती लगाउनुभएको छ । तर लकडाउनकै कारण तरकारी बिक्रि गर्न नसकेकोे उहाँले बताउनुभयो । कबडियाका अनुसार खेती गरिएकामध्ये १० विगाहामा बन्दकोभी र अन्य जमिनमा तरकारी लगाइएको छ । त्यस्तै जैसपुरकै कृषि अभियन्ताका रुपमा परिचित किसान असलम राईले उत्पादन गरेको करिव ३० लाख बराबरको बन्दकोभी लकडाउनका कारण बिक्रि नभएपछि खेतमै कुहिएको छ । अघिल्लो बर्ष भन्दा यसबर्ष राम्रो उत्पादन भएपनि लाभ लिन नसकेको किसान राईले बताउनुभयो । स्थानीयका अनुसार जैसपुरमा मात्रै ३० हजार भन्दा बडी बन्दागोभी उत्पादन भएका छन् । स्थानीय किसानहरुले जमिन भाडामा लिएर तरकारी खेती गरी रहेका छन । तर यसवर्ष भने उनीहरुलाई उक्त खेतीमा कराडौको क्षति भएको छ । उपमहानगरले राहत बाड्न त्यहाँको तरकारी खरिद गरिदिने आश्वाशन दिएपनि अहिलेसम्म खरिद नगरेको किसानहरुले बताएका छन ।

