- Loading...
असिनापानीले दार्चुलाका किसानको अन्नबालीमा क्षति
- कृषि टि.भी.
- २ साल अघि
- ९ पटक पढिएको

लगातार रुपमा परेको असिनापानीले दार्चुलाका किसानको अन्नबालीमा क्षति पुगेको छ । पाक्न लागेको र पाकिसकेको गहुँ, जौ, तरकारी तथा फलफूललगायत हिउँदेबाली सखाप पारेको हो । असिनाले गहुँ सखाप पारेपछि स्थानीय किसान चिन्तित भएका छन् ।


डेढ हप्तादेखि परेको असिनापानीले अन्नबाली पूरै सखाप पारेको नौगाड गाउँपालिका–३ का किसान धनसिंह सितोलीले जानकारी दिनुभयो । अन्नबालीसँगै तरकारीमा समेत क्षति पुगेको छ । पोलीहाउस बाहिरका सबै तरकारी, फलफूल र अन्नबाली नष्ट भएको स्थानीयले बताएका छन । अर्कोतिर लकडाउनले खाद्यान्न समस्या भइरहेका बेला असिनापानीले क्षति पु¥याउदा भोकमरी हुने अवस्था आएको छ । अहिले दिनहुँ आइरहेको असिनापानीले पाकेको खेतीसमेत भित्राउन समस्या भएको छ । अपि हिमालका स्थानीय प्रेमसिंह कार्कीका अनुसार पाकेको गुहँ, जौ पनि पुनः हरियो देखिन थालेको छ । बुधबार साँझ आएको असिनापानीले नौगाड गाउँपालिका ३ मा बढी क्षति भएको नौगाड कृषि शाखाले जनाएको छ । नौगाड कृषि शाखाको प्रारम्भिक तथ्याङ्क अनुसार कृषि पकेट क्षेत्र रहेको वडा नं ३ र २ का केही क्षेत्रमा एक हजार बढी रोपनीमा क्षति पुगेको छ ।

