FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • चीज उत्पादन अनिश्चित

    • कृषि टि.भी.
    • २ साल अघि
    • २९ पटक पढिएको
    Post Thumbnail

    रसुवामा यसवर्ष चीज उत्पादन अनिश्चित बनेको छ । यसअघि जिल्लामा बैशाख १ गतेदेखि चीज उत्पादन हुँदै आएको थियो । लकडाउनका कारण जिल्लामा सञ्चालनमा हुँदै आएका ६ वटा उत्पादन केन्द्र अहिले बन्द भएका छन् ।

    चार वटा चीज उत्पादन केन्द्रका प्रमुखहरू अहिले आफ्नै जिल्ला गएका छन् । थुमन र क्यान्जिन चीज उत्पादन केन्द्रका प्रमुख जिल्लाकै हुन् भने बाँकी केन्द्रका प्रमुख दोलखाका हुन् । गोसाइँकुण्ड गाउँपालिका–६ को पाङ्लेखर्क चीज उत्पादन केन्द्रका प्रमुख जीतमान जिरेलले उत्पादन केन्द्र कहिलेबाट सञ्चालनमा आउँछ भन्ने निश्चित नभएको बताउनुभयो । चीज उत्पादनका लागि आवश्यक पर्ने रसायन अभावले केन्द्र सञ्चालनमा समस्या भएको छ । यसअघि त्यस्ता रसायन डेनमार्क र भारतबाट आयात हुँदै आएको छ । जिल्लाका सबैै उत्पादन केन्द्र दुग्ध विकास संस्थानले सञ्चालन गरेको हो । क्यान्जिनमा भने एउटा निजी उत्पादन केन्द्र समेत रहेको छ । उत्पादन केन्द्र नखुल्दा स्थानीयले दुध बिक्री गर्न पाएका छैनन् । केन्द्रका प्रमुख जिरेलका अनुसार यसअघि किसानलाई पेस्की दिँदै आएकोमा यसवर्ष पेश्की पनि दिन नसकेको हो । त्यसले साना किसानलाई समस्या परेको प्रमुख जिरेलको भनाई छ । समयमै दुध संकलन गर्न नसक्दा यसवर्ष चीज उत्पादन पनि घट्ने अनुमान गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित