- Loading...
लकडाउनको सदुपयोग गर्दै लमजुङका किसान चिया बगानमा सरसफाई
- कृषि टि.भी.
- २ साल अघि
- १२ पटक पढिएको

लमजुङको स्मार्ट भिलेज घलेगाउँका किसान लकडाउनको सदुपयोग गर्दै चिया बगानमा रमाएका छन । अहिले उनीहरु बिरुवा गोडमेल तथा बगानमा खेती विस्तार गर्न लागेका छन । कोरोना भाइरस संक्रमणका कारण मुलुकभर लकडाउन भएपछि स्थानीय भौतिक दुरी कायम गर्दै चिया गोडमेल र खेती विस्तारमा लागेका हुन् ।


क्व्होलासोंथर गाउँपालिका ३ मा पर्ने घलेगाउँका युवायुवती सहित स्थानीय किसान चिया बगानको सरसफाई, गोडमेल र चिया खेती विस्तारमा जुटेका छन् । सरकारले लकडाउनको समय घरबाट बाहिर ननिस्कन भनेको छ । तर गाउँघरमा रहेका आफुहरु जस्ता निम्न वर्गका किसानलाई काम नगरी जीविका नचल्ने स्थानीयको भनाई छ । यतिबेला घलेगाउँका १ सय २० घरधुरीबाट १÷१ जना खटिएर चिया खेतीको विस्तारका लागि झाडी फाँड्ने, खाल्डो खन्ने काम गरेका छन् । बगानको बरपर रहेको खाली जग्गामा रहेको झाडी फाँड्न स्थानीयले कुटो, कोदालो, हँसिया बोकेर काममा लागिपरेका छन् । चिया बगानमा युवायुवती मात्र नभएर बृद्धबृद्धासमेत संगै खटेका छन् । स्थानीय ७६ बर्षीय नन्दलाल विकले सहर बजारबाट आएका युवायुवतीको साथमा आफु पनि खटेको बताउनुभयो । उहाँका अनुसार अधिकांश युवा छन् । केही बृद्धबृद्धा पनि युवासंगै लकडाउनको समयमा काम गरेको उहाँले बताउनुभयो ।

