- Loading...
खाद्य कम्पनीले गहुँ खरीद गर्न शुरु
- कृषि टि.भी.
- ३ साल अघि
- २३ पटक पढिएको

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तराईका दुई जिल्लामा किसानबाट गहुँ खरीद गर्न शुरु गरेको छ । कम्पनीले छुट्याएको चारमध्ये दुई जिल्लामा खरीद प्रक्रिया शुरु भएको र अन्य जिल्लामा तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।


कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीका अनुसार गत मंगलबारदेखि कैलालीको धनगढी र बर्दियाको राजापुरबाट किसानबाट उत्पादित गहुँ खरीद भइरहेको छ । उहाका अनुसार विभिन्न कारणले बाँकेको नेपालगञ्ज र रुपन्देहीको भैरहवामा खरीद प्रक्रिया शुुरु हुन नसकेको हो । कोभिड–१९ का कारण नेपालगञ्जमा खरीद प्रक्रियामा केही समस्या आएको छ भने केही दिनमा भैरहवामा प्रक्रिया शुरु गरिने कम्पनीले बताएको छ । कम्पनीले धनगढी र राजापुरमा दश दश हजार तथा नेपालगञ्ज र भैरहवामा पाँच पाँच हजार क्वीन्टल गरी ३० हजार क्विन्टल गहुँ खरीद गर्न कोटा छुट्याएको सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिनुभयो । उहाका अनुसार धनगढीमा एक हजार ५५० र राजापुरमा ९ सय ६१ क्विन्टल गरी दुई हजार ५१० क्विन्टल गहुँ खरीद भइसकेको छ । गत वैशाख १२ गते बसेको मन्त्रिपरिषद् बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिफारिस गरे अनुसार गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १५ रहने गरी मुल्य स्वीकृत गरेको छ ।

